हामीले हारे देश र जनताले हार्छः एमाओवादी प्रवक्ता

काठमाण्डु टुडे २०७० भदौ ३० गते ११:५५ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी प्रवक्ता अग्नि सापकोटाले संविधानसभा निर्वाचनमा आफ्नो पार्टी हारे देश र जनताले हार्ने बताएका छन् ।
agni sapkotaपार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार पार्टीनिकट पत्रकारहरुको भेलालाई सम्बोधन गर्दै उनले माओवादीको बहुमत नआए मुलुकले निकास नपाउने बताए । सापकोटाले पार्टी एकताबद्ध भएर निर्वाचनमा गए सजिलै बहुमत आउने दाबी गरे ।

उनले पार्टीका पक्षमा मधेसमा बाढी र अन्य भेगमा लहर आएको बताए । मातृका यादवको सन्काहा प्रवृत्तिका कारण लाहान घटनाले मधेस आन्दोलनको रुप लिएको र गत संविधानसभामा पार्टी मधेसमा पराजित भएको चर्चा गर्दै उनले यसपटक स्थिति आफ्नो पक्षमा रहेको दाबी गरे । मधेसी जनताले मधेसका नाममा खोलिएका क्षेत्रीय पार्टीप्रतिको विश्वास गर्न छाडेको र आफ्नो पार्टीप्रतिका आकर्षण बढेको जिकिर सापकोटाको छ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचनमा आउने सम्भावन बढेको भन्दै उनले वैद्य समूहसँग चुनावी तालमेल गर्ने तयारी भइरहेको खुलाए ।

भेलाका एक सहभागीका अनुसार सापकोटाले दुई पार्टीका शीर्ष नेतृत्वतहमा पार्टी एकताबारे चार चरणमा कुराकानी भएको सापकोटाले जानकारी दिए । वैद्य र आफूहरुबीच निकटता बढेपछि आत्तिएका काँग्रेस–एमालेले ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन माओवादीका कारण सर्ने झुठो प्रचारबाजी गरेको आरोप सापकोटाले लगाएको ती सहभागीले काठमाण्डु टुडेलाई जानकारी दिए । वैद्य निर्वाचनमा सहभागी हुन तयार भए मतदाता नामावली संकलन र उम्मेद्वारी दर्ताका लागि ४ मंसिरको निर्वाचन बढीमा १० दिन पर सार्न सकिने उनले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us