
सिन्धुली, ३१ भदौ–सिन्धुलीको दुम्जा १ मा सोमबार विहान टाटासुमो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । उदयपुरको घुर्मीबाट काठमाण्डुकालागि छुटेको ज १ ज १८९ नम्बरको जीप विहान साढे २ बजे तिर चाँदे उकालोमा दुर्घटना भएको हो ।
दुर्घटनामा ओखलढुंगा च्याङ्नाम ७ का नर बहादुर सार्की र उहाँकी छोरी रीता सार्की तथा झापा घर भई ओखलढुंगामा पसल व्यवसाय गर्ने हरि थापाको मृत्यु भएको डिएसपी नरेन्द्र उप्रेतीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका चालक छत्र श्रेष्ठ, रामचन्द्र राई लगायत चार जनालाई उपचारकालागि काठमाण्डु पठाइएको छ । अन्य चारजना घाइतेको भने सामान्य अवस्थामा जिल्लामै उपचार भैरहेको उप्रेतीले जानकारी दिए ।