सर्वदलीय छलफलको श्रृङ्खला जारी

काठमाण्डु टुडे २०७० भदौ ३१ गते २:२७ मा प्रकाशित

presidatn-leader-vet einalकाठमाण्डु, ३१ भदौ – चुनावी प्रकृयामा असन्तुष्ट नेकपा–माओवादीलाई पनि निर्बाचनमा सहभागी गराउने प्रयासमा सोमबार पनि सर्वदलीय बैठक बस्दै छ । राष्ट्रपति कार्यालय शितल निवासमा दिउँसो २ बजे बस्ने बैठकमा माओवादीका माग र सम्बोधन गर्ने उपायबारे नै छलफल केन्द्रित रहनेछ । सोमबारको बैठक निर्णायक हुने दलहरुले दावी गरेका छन् ।

चैतमा चुनाव सार्नुपर्ने र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने माओवादी मागमा दलहरुबीच सहमति जुटेको छैन । यी माग सम्बोधन भए माओवादी चुनावमा आउन तयार रहेकोले राष्ट्रपति रामवरण यादवको पहलमा सहमतिको प्रयास जारी राखिएको हो ।

आइतबार राती अबेरसम्म भएको बैठकमा उच्चस्तरीय समितिमा आबद्ध ठूला दलहरु मंसिर चार गतेको चुनाव १० दिनसम्म पर सार्न सहमत भएका थिए । आइतबारको सर्वदलीय बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, विघटित संविधानसभामा तीनभन्दा बढी सभासद् भएका २० भन्दा बढी दलका प्रतिनिधि सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us