भारतले भन्यो–बुद्ध नेपालमा जन्मिएका हुन

काठमाण्डु टुडे २०७० भदौ ३० गते ९:२१ मा प्रकाशित

काठमाण्डु ३० भदौ–भारतले गौतमबुद्ध नेपालको लुम्बिनीमा जन्मेको आधिकारिक धारणा सार्वजनिक गरेको छ । भारतीय सञ्चार माध्यमले गौतमबुद्ध भारतमा जन्मिएको भनी भ्रामक समाचार सम्प्रेषण गरेपछि बढदै गएको नेपाली आक्रोश साम्य पार्न काठमाण्डुस्थित भारतीय राजदुताबासले आफनो धारणा सार्वजनिक गरेको हो । 
‘हामी तपाईहरुको भावनालाई सम्मान गर्छौ । हालसालै भगवान गौतम बुद्धको जन्म स्थानको बिषयमा शुरु भएको वाद बिवादमा हामी स्पष्ट पार्न चाहन्छौ । भगवान गौतमबुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको हो,यस बिषयमा कुनै शंका छैन,यो भारत सरकारको आधिकारिक धारणा हो’राजदुतावासको फेसबुक अकाउन्टमा पोष्ट गरिएको छ ‘यो फेस बुक पेजको स्थापना गर्नु भनेकै नेपाल र भारत वीचको सम्बन्ध राम्रो बनाउनु हो । नेपालको प्रगति विना भारतको पनि प्रगति हुन सक्दैन । हामी नेपाली जनताको समृद्धि चाहन्छौ ।’
फेसबुकमा दुई मुलुक वीच उच्चतम घनिष्ट साँस्कृतिक सम्बन्ध रहेको स्मरण गराउदै भनिएको छ ‘हामी यस्ता वाद बिवाद,गलत धारणा र सम्बन्धमा आघात पुग्ने काम यस फेसबुक पेजबाट हुने छैन,हटाइनेछ । त्यस्ता गलत धारणा प्रयोग गर्ने प्रयोगकर्तालाई पनि बन्द गरिनेछ । नेपाल र भारत वीचको जनस्तरको सम्बन्धको संम्वेदनशिलता बुझिदिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छौ ।’

Dear valued visitors of our official Facebook Page,
We respect all your sentiments. Our recent post on Lord Buddha was to clear any doubts related with the birth of Lord Buddha, which is in Lumbini, Nepal and to express the feeling of Government of India. Our objective through this page is to establish a Goodwill between our two countries. India cannot progress without the progress of Nepal and wishes every prosperity for the people of Nepal. Therefore, any derogatory remarks, abusive remarks, foul expressions and disrespect to the rich cultural heritage and values of both Nepal and India on this official Facebook Page will now be deleted and the user will be banned from accessing to this page. We thank you for the understanding the sensitivity of our friendly and people-to-people relations between Nepal and India.

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us