उम्मेदवारी दर्ता गर्नै नदिने माओवादीको चेतावनी

काठमाण्डु टुडे २०७० भदौ ९ गते १०:४० मा प्रकाशित

CP-Gajurelकाठमाण्डु, ९ भदौ –  नेकपा–माओवादीले आगामी चुनावमा उम्मेदवारी दर्ता गर्नै नदिने धम्की दिएको छ । माओवादी उपाध्यक्ष सिपी गजुरेलले चुनाव बहिष्कार अभियान अन्तर्गत कुनै पनि दलले उम्मेदवारी दर्ता गर्नै नसक्ने अवस्था बनाइदिने चेतावनी दिएका हुन् ।

‘बहिष्कार अभियान सफल भएरै छाड्छ,’ आइतबार काठमाण्डुमा पत्रकारसँग कुरा गर्दै गजुरेलले भने, ‘हामी उम्मेदवारी दिनै नसक्ने अवस्था सिर्जना गराइदिन सक्छौं ।’ उपाध्यक्ष गजुरेलले सुरक्षाकर्मी परिचालन गरेर चुनाव गराउन चुनौतीसमेत दिए ।

सरकार समर्थित मुख्य दल नै वार्ताबाट भागेको उनले आरोप लगाए । ‘हामी चुनाव विरोधी होइनौं,’ उपाध्यक्ष गजुरेलले भने ‘तर, यथास्थितिमा मंसीर ४ गते संविधानसभा चुनाव हुनै सक्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us