७० माओवादी पूर्वलडाकु अब सेनाको अधिकृत

काठमाण्डु टुडे २०७० भदौ १० गते ५:०२ मा प्रकाशित

Nepali-senaकाठमाण्डु, १० भदौ– समायोजन रोजेका ७० जना माओवादी पूर्वलडाकुले सोमबार नेपाली सेनाको अधिकृत तहको जिम्मेवारी सम्हाल्दै छन् । भक्तपुरको खरीपाटीस्थित तालिम केन्द्रमा एक समारोहबीच मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको उपस्थितिमा उनीहरुलाई दज्र्यानी चिन्ह दिइदै छ ।

सोमबार सबैलाई उपसेनानी अर्थात् लेफ्टिनेन्ट तहको दज्र्यानी चिन्ह दिइने र तीन महिनाको व्रिजकोर्स पूरा गरेपछि बिभिन्न पदमा नियुक्त गरिने छ । अधिकृत तहका ७० जनामध्ये यामबहादुर अधिकारीलाई महासेनानी, पदम लामा र बासुदेव घिमिरेलाई प्रमुख सेनानी तथा विरेन्द्र वि.एम. लगायतका १३ जनालाई सेनानीको दर्जा दिइने छ । साथै ३० जनालाई सहसेनानी र बाँकीलाई उपसेनानीको दर्जा दिइने नेपाली सेनाले जनाएको छ ।

यसअघि १३ सय ५२ जना पूर्वलडाकुले नेपाली सेनाको बिभिन्न पद सम्हालिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us