प्रवास

दक्षिण कोरियामा सुजाताले भनिन्–महिलालाई वेवास्ता गर्दा देश अस्थिर हुन्छ

२०७० भदौ २९ गते ७:०८

 सिउल २९ भदौ–नेपाली का्रग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले महिलालाई वेवास्ता गर्दा देश कमजोर र अस्थिर हुने बताएकी छिन । एशियाली राजनीतिक दलहरुको संस्था आइक्यापको महिला नेतृत्व र सशक्तिकरण् बिषयमा दक्षिण कोरियाको राजधानी सिउलमा भएको सम्मेलनलाई सम्वोधन गर्दै सुजाताले त्यस्तो बताएकी हुन ।  आइक्यापको महिला समितिको...

अर्थमन्त्री कोइराला ब्रसेल्समा

२०७० भदौ २८ गते १३:१७

 काठमाण्डु २९ भदौ–बेल्जियमको गेन्ट शहरमा शनिवारदेखि शुरु हुने भलान्द्रा एक्स्पोमा एसेन्टा ०१३ व्यापार मेलामा सहभागी हुन अर्थमन्त्री शंकर कोइराला ब्रसेल्स पुगेका छन । पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोइराला शुक्रवार काठमाण्डुबाट ब्रसेल्स प्रस्थान गरेका थिए । यस वर्ष नेपाल ‘गेष्ट अफ अनर’को रुपमा रहेको...

एनआरएन जर्मनी बहिस्कार गर्ने मञ्चको घोषणा

२०७० भदौ २७ गते ८:५८

नेपाली प्रगतिशील मञ्च जर्मनीले गैरआवसीय नेपाली संघ जर्मनीको बैधानिकता माथि प्रश्न उठाउदै त्यसलाई बहिस्कार गर्ने घोषणा गरेको छ । एनआरएन ग्लोबल सम्मेलनको पूर्व सन्ध्यामा बिश्वका बिभिन्न मुलुकमा भएका एक पक्षीय र गुटगत निर्णयको भण्डाफोर गर्ने निर्णय गरेको मञ्चले एनआरएन जर्मनीको बैधानिकता माथि प्रश्न उठाउदै...

अन्तर्राष्ट्रिय ब्युरोबाट संविधानसभा सदस्य उम्मेद्वार सिफारिस

२०७० भदौ २७ गते ५:१०

एकीकृत माओवादीले अन्तर्राष्ट्रिय व्यूरोले संविधानसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । पाँच जना केन्द्रीय सदस्य र दुई जना सल्लाहकार अन्तराष्ट्रिय व्युरोबाट सिफारिसमा परेका छन् ।  सिफारिसमा पर्नेमा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज दीनानाथ शर्मा, युरोप राज्य समिति इन्चार्ज युवराज चौलागाई, भारत प्रवास राज्य समिति इन्चार्ज...

मलेसियाबाट उद्धार गरिएका राईलाई नगद राहत

२०७० भदौ २७ गते ४:३२

खोटाङ । मलेसियाबाट उद्धार गरिएका खोटाङ बुईपा–६ का सागर राईले काठमाण्डुको रिक्रुटमेन्ट प्रालिबाट ६० हजार क्षतिपूर्ति लिएका छन् । स्वदेश फर्किए लगत्तै पिपुल्स फोरमको कानुनी परामर्श र सहयोगमा मुद्दा लडेर आफूलाई मलेसिया पठाउने मेनपावर कम्पनिबाट उनले क्षतिपूर्ति लिएका हुन् । सम्झौताविपरीत काममा लगाइएको, तोकिए...

विदेशी भूमिमा सयौं नेपाली उद्दारको पखाईमा

२०७० भदौ २३ गते ६:४७

वैदेशिक रोजगारीको गन्तव्य सुरक्षित नहुदाँ सयौं कामदार उद्दारको पखाईमा बस्न बाध्य छन् । प्रमुख गन्तव्य खाडी र मलेसियामा सयौंको संख्यामा उद्दार पर्खिरहेका कामदार छन्, प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डेले बताए । ‘राष्टिय स्तरको उद्दार संयन्त्र नहुँदा कामदारको उद्दारमा कठिनाई भइरहेको छ ।...

साउनमा ५४ हजार नेपाली युवा विदेशिए

२०७० भदौ २१ गते १३:५६

गत साउनमा करिव ५४ हजार नेपाली रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्षको पहिलो महिना ५४ हजार पाँचसय ५२ नेपाली युवा विश्वका चार दर्जन मुलुकमा गएका छन् । मलेसियाले १६ हजार ६ सय १२ नेपालीलाई रोजगारीको अवशर उपलव्ध गराएको छ...

मलेसियामा एक नेपालीको मृत्यु

२०७० भदौ २१ गते ६:०१

मलेसिया । वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया पुगेका सप्तरीका ३० बर्षीय घनश्याम मण्डलको मृत्यु भएको छ । गत मंगलबार काम सकेर डेरामा आइ सुतेका मण्डललाई सुतिरहेको अवस्थामै मृत अवस्थामा फेला पारिएको हो । मण्डलको शव पोष्ट मार्टमका लागि जोहोर बारुको सुलतान अस्पतालमा राखिएको छ ।...

जापानमा पोखरेल निर्वाचित

२०७० भदौ २० गते १३:४९

टोक्यो २० भदौ–गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको छैटौं अधिवेशनले पारसमणि पोखरेललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । चिरञ्जीवी थापालाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन । थापाले एक सय २६ मत पाएका थिए भने पोखरेलले तीन सय ३४ मत प्राप्त गरेका थिए । सन...

शहीदस्मृति स्कूल डोटीलाई नर्वेबाट आर्थिक सहयोग

२०७० भदौ २० गते ७:१६

नर्वे । नेपाली जनप्रगतिशिल मंच नर्वेले नेपालको दुर्गम जिल्ला डोटीमा रहेको शहिद स्मृति आवाशीय विद्यालयलाई दुई लाख नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ ।...

मलेसियामा अलपत्र युवालाई उद्धारको पहल

२०७० भदौ १९ गते ५:२७

खोटाङ । सुरक्षित आप्रबासन परियोजना सूचना केन्द्र खोटाङले मलेसियामा अबैधानिकरुपमा बसेर काम गर्दै आएका खोटाङका युवालाई उद्धारकालागि सहयोग गर्ने भएको छ । आइतबार मलेसिया सरकारले अबैधरुपमा काम गर्दै आएका दुई सय कामदारलाई पक्राउ गरेपछि सूचना केन्द्रले सहयोगकालागि तत्परता देखाएको हो । मलेसियामा पुगेर हालसम्म...

एनआरएन अन्तर्राष्ट्रिय परिषद् उपाध्यक्षमा ओलीको उम्मेद्वारी

२०७० भदौ १७ गते ११:५५

सिड्नी– गैरआवासीय नेपाली संघ एनआरएन अन्तर्राष्ट्रिय परिषद्को उपाध्यमा अष्ट्रेलियाबाट भवानी ओलीले उम्मेद्वारी घोषणा गरेका छन् । सिड्नीमा आइतबार भएको नेपाली समुदायको भेलामा ओलीले उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् । उनले ८ पुष्ठ लामो घोषणपत्रसमेत सार्वजनिक गरेका छन् । एनआरएनको संस्थागत पुनसंर्रचना, सशक्तिकरण र संघको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us