बेल्जियममा रहेका नेपालीहरुका स‌‌‌‌गठनबाट जारी विज्ञप्ति

काठमाण्डु टुडे २०७० असोज ४ गते १३:४९ मा प्रकाशित

बेल्जियम– यही १४ देखि २२ सेप्टेम्बर २०१३ सम्म हुने ६८ औँ अन्तर्राष्ट्रिय ट्रेड फियर–२०१३ भइरहेको र नेपाल गेष्ट अफ अनर देशको अवसर प्राप्त हुनु हाम्रो गौरवको विषय हो । बेल्जियमको गेण्ट शहरमा चलिरहेको यस मेलाबाट नेपाल र पर्यटन प्रवद्र्धन गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने विश्वास लिएका छौं । यस सन्दर्भमा बेल्जियममा विगत ५ वर्षदेखि नेपाली राजदूतावासको संरक्षकत्वमा बेल्जिमस्थित करिब २५ भन्दा बढी संख्याका संघसंस्थाहरु र समस्त नेपाली समुदायहरुको सहभगितामा नेपाल फेष्टिवल मनाउँदै आइरहेको छ ।

तर केही मिडियाहरुमा एनआरएन बेल्जियमको नाम दिएर २२ सेप्टेम्बर–२०१३ का दिन नेपाल फेस्टिवल मनाउने सूचना प्रकाशनको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली भाषा संस्कृति, पहिचान र पर्यटन प्रवद्र्धन गर्नका लागि गरिने यस प्रकारको महोत्सवलाई सबैको सहभागितामा व्यापक र भव्य रुपमा सम्पन्न गर्नु पर्नेमा एकतर्फी ढंगले मनोगतवादमा बसेर रमाउनका लागि केही व्यक्तिहरुले एनआरएन बेल्जियमको नामबाट नेपाल फेष्टिवल मनाउने भनी गरेको भ्रम र अस्पष्टतालाई स्पष्ट पार्न जरुरी भएकोले बेल्जियमबासी नेपाली समुदाय, संघसंस्थाहरु तथा समस्त प्रवासी नेपालीहरुलाई निम्न बुँदाहरुसहित संयुक्त विज्ञप्तिमार्फत अवगत गराउन चाहान्छौं ।
१. १४ देखि २२ सेप्टेम्बर २०१३ को फलान्डर अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाललगायत विभिन्न देशका व्यावसायी तथा भिजिटरहरुको व्यापक उपस्थिमा भइसकेको र नेपालको कला, वस्तुकला, संस्कृति झल्किने सबै व्यापारिक गतिविधिहरु सो मेलामा सम्पन्न भइसक्ने हुनाले सोही स्थानमा नेपाल महोत्सव गर्नु तार्किक र प्रतिफलका दृष्टिकोणबाट प्रभावकारी नहुने र वस्तुवादी पनि नहुने स्पष्ट पार्न चाहान्छौं । बेल्यिमका सबै नेपाली समुदायको प्रतिनिधित्व हुने गरी अन्य स्थानमा समय निर्धारण गरी साना उद्योगीहरुलाई अवसर दिँदै बेल्जियममा रहेका नेपाली संघसंस्थाबीचको सहकार्यलाई स्थापित गर्दै जानु विगतका वर्षहरुमा जस्तै सबै संघसंस्थाको सहभागितामा नेपाल फेस्टिवल गरिनुपर्दछ ।
२. अन्तर्राष्ट्रिय व्यापार मेला (आसेन्टा मेला) सम्पन्न गर्न बनेको नेपाली आयोजक समितिको १२ सेप्टेम्बर २०१३ मा बैठकले पनि नेपाल महोत्सवबारे सोही ठाउँमा प्रभावकारी नरहने मत जाहेर गरेको र नेपाली दूतावासको संरक्षकत्व र सबै संघसंस्थाहरुको सहभागितामा सम्पन्न गर्ने निर्णय गरेको पनि जानकारी गराउदछौं । फ्लान्डरस् अन्तर्राष्ट्रिय व्यापारिक मेलालाई भव्य रुपमा सम्पन्न गराउनको लागि अहोरात्र काम गर्नु भएका सबै संघसंस्था तथा व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौं । मेला अझै केही दिन जारी रहने भएकाले नेपाल र नेपाली समुदाय बेल्जियमको प्रतिष्ठामा आँच आउने कुनै गतिविधि हुन नदिन अत्यन्तै संवेदनशील र सजग रहन आग्रह ध्यानाआकर्षण गराउन चाहान्छौं ।
३. हतास मनस्थितिले सहमति, सहकार्य र एकताका लागि नलागी बेल्जियमको नेपाली समुदायमा भ्रम पैदा गर्न आपसी सदभाब विर्सेर नेपाल महोत्सव २०१३ का सन्दर्भमा सार्वजनिक स्थानमा छलफलको क्रममा केहि एन आर एन का लिडर भनाउँदाहरुले रोषको रोदन प्रकट गर्दै नेपाली समुदाय र नेपालीहरुको व्यतिmगत तथा नेपाली राजदूतावासलाई धम्काउने र आशिष्ट भाषाहरुको प्रयोग गरिनु, सामाजिक संजालमा व्यक्ति विषेशलाई आक्रमण गरिनु, आफूहरुलाई महासामाजिक चरित्रका हिमायती ठान्नु र फरक दृष्टिकोण, तर्क राख्नेहरुलाई समाजविरोधीका रुपमा चित्रण गर्नु स्वयममा दरिद्र मानसिकताको पराकाष्ठा र उक्तकार्य निन्दीय भएकाले त्यस्ता चरित्रहरुमाथि खेद व्यतm र भत्र्सनासमेत गर्दछौं ।

हामी बेज्जियमको नेपाली समुदायलाई विभाजनतर्फ रोक्न एकता र हातेमालो गरी अगाडि बढ्न आपसी वार्ता, छलफलबाट समिक्षा गर्न जहिले पनि तयार रही सहमति र सहकार्यका लागि सधैं खुला भएको बेज्लियमस्थित संघसंस्था तथा जनसमुदायका बीचमा प्रतिबद्धता जाहेर गर्दछौं ।

सुभाष जोशी, अध्यक्ष नेपाली जनसम्पर्क समिति, बेज्लियम
चित्र सुवेदी, अध्यक्ष नेपाली जनप्रगतिशील मञ्च बेल्जियम
पिजी शेर्पा, आदिवासी जनजाति महासंघ, बेज्लियम
नेत्र मगर, नेपाली संघीय समाजवादी पार्टी, बेल्जियम
कृष्ण तिवारी, नेपाली लोकतान्त्रिक, गणतान्त्रिक मोर्चा, बेल्जियम
गमबहादुर गुरुङ, तमु राष्ट्रिय मुतिm मोर्चा, बेल्जियम
मनिष गुरुङ, भक्तकोन अध्यक्ष, नेपाली जनजाति सरोकार मञ्च बेल्जियम
निर्मला बजगाईं अध्यक्ष नेपाली प्रगतिशील महिला मञ्च, बेल्जियम
अमृत प्रधान, अध्यक्ष नवलपरासी सहायता समाज, बेल्जियम
श्रीप्रसाद सापकोटा अध्यक्ष, बाग्ल्ङग समाज बेल्जियम
घनश्याम शाही अध्यक्ष, मोना बेल्जियम
कुमार जोशी केदार अध्यक्ष, पर्वत समाज बेल्जियम
सोनाम शेर्पा, अध्यक्ष शेर्पा समाज बेल्जियम
मार्के मगर, अध्यक्ष , मगर समाज बेल्जियम

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us