प्रधानमन्त्री र नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीबीच छलफल हुँदै

काठमाण्डु टुडे २०८३ साउन ५ गते ११:५४ मा प्रकाशित

काठमाण्डू, ५ साउन– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग मंगलबार छलफल गर्ने भएका छन ।

प्रधानमन्त्री बालेनले आज बिहान साढे ११ बजेबाट छलफल गर्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुँदैछन् ।

आजको छलफल विशेषगरी तयारी पोसाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना र यस क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुने बताइएको छ ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै आएका छन् ।

छलफलका क्रममा उनले व्यवसायीहरूले भोगिरहेका समस्या, समाधानका उपाय र नीतिगत सुधारका विषयमा सुझाव लिने तथा कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन समेत दिँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us