पर्साबाट २० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाण्डु टुडे २०८३ साउन ५ गते १५:५८ मा प्रकाशित

काठमाण्डू, ५ साउन– प्रहरीले पर्साबाट २० किलो ६८७ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आज (मंगलबार) पर्साको जगरनाथपुरमा गाउँपालिका–४ को हुलाकी सडकमा एक कारबाट गाँजासहित ती व्यक्ति पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बीआरओ ६ बीअएच ५४९६ नम्बरको भारतीय कार शंका लागेर चेकजाँच गर्दा कारको पछाडीको सीटमुनि प्लास्टिकको झोलामा लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गाँजासहित पक्राउ पर्ने भारतको बिहार सितामढी जिल्ला तालका ग्राम पञ्चायतका ३३ वर्षीय रहमद अन्सारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us