काठमाण्डू, ५ साउन– कपडाका थोक व्यापारी नवीन जिन्दलले आफ्नै घरको चार तला माथिबाट हामफालेर आत्महत्या गरेका गरेका छन ।
सोमबार बेलुकी उनले कामपा– ७, बौद्ध, चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोरपछाडि रहेको आफ्नै घरको बार्दलीबाट हामफालेको जिल्ला प्रहरी काठमाण्डूका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
उनी कुमारीगाल बस्दै आएका थिए । हामफालेपछि उपचारका लागि उनलाई स्तुपा अस्पताल बौद्ध लगिएको थियो । तर चिकित्सकहरुले उनलाई मृत घोषित गरे । उनको कोठामा विष फेला परेको प्रहरीले जनाएको छ ।
विष सेवन गरेर हामफालेको हुन सक्ने अनुमान प्रहरीको छ । अग्रवालले भारतबाट कपडा आयात गरी काठमाण्डूमा बिक्री गर्थे । उनको पसल बौद्धमा थियो ।
पारिवारिकस्रोतका अनुसार पछिल्लो समय व्यापारमा मन्दी आएपछि आर्थिक तनावमा थिए । उनी उच्चरक्तचाप, मधुमेह र मानसिक स्वास्थ्य (डिप्रेसन) का औषधि सेवन गर्थे ।