काठमाण्डू, ५ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग सहकार्यको प्रक्रिया औपचारिकरूपमा अघि बढेको बताएका छन ।
आज (मंगलबार) जनकपुरधाम विमानस्थलमा कुरा गर्दै संयोजक दाहालले पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबीच सहकार्यको वातावरण बनेको र एमालेसँगको सहकार्य अगाडि बढिसकेको बताए ।
तीन दलबीचको समझदारी सकिएको हो रु भन्ने जिज्ञासामा उनले त्यस विषयमा छलफल जारी रहेको प्रतिक्रिया दिए । साथै, नेपाली कांग्रेससँग पनि संवाद भइरहेको उल्लेख गर्दै केही दिनभित्रै त्यसको टुंगो लाग्ने बताए । संयोजक दाहालले प्रदेशस्तरमा समेत नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत गरेका छन् ।