काठमाण्डू, ५ साउन– कांग्रेस सभापति गगन कुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन ।
आज (मंगलबार) सामाजिक सञ्जालमार्फत उक्त निर्णयको स्वागत गर्दै आफूहरूले सुरुबाटै प्रश्न उठाउँदै आएको स्मरण समेत गरेका छन ।
सँगै सरकारलाई बिजुलीमा लगाएको भ्याजस्ता अन्य अव्यवहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउन उनले आग्रह समेत गरेका छन ।
सभापति थापाले भनेका छन, ‘साथै सरकारले बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको मर्म बुझोस् ।’
शिक्षा र स्वास्थ्य क्षेत्रमा फिर्ता गर्ने निर्णयलाई कार्यान्वयनमा लैजानका लागि आवश्यक प्रक्रिया पूरा गर्न पनि उनले भनेका छन् ।