संबिधानसभा निर्वाचन घोषणापत्रमा प्रवासी नेपालीका १६ सरोकार समावेस गर्न आग्रह

काठमाण्डु टुडे २०७० असोज ९ गते १५:०२ मा प्रकाशित

वेल्जियम ७ असोज-प्रवासमा रहेका नेपालीहरुले आगामी मंसिर ४ गतेका लागि घोषित संबिधानसभाको दोस्रो निर्वाचनमा आफना १६ बुदे सरोकारलाई समावेश गर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन । काठमाण्डु टुडेलाई प्राप्त ती सरोकारका बुँदा संबिधानसभा निर्वाचनको घोषणापत्र तयार गरिरहेका नेपालका राजनीतिक दलका लागि सन्दर्भ सामग्री हुने ठानेर हामीले जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

नेपालबाट बिदेसिनु पर्ने बाध्यता मुख्यत नेपालको राजनैतिक ब्यवस्था नै मुख्य हो । बिगतमा निरुकुंस ब्यवस्थाले नेपालीहरुको आर्थिक कार्यक्रमलाई बिदेसमा जाने नेपालीहरु मुख्य हो भन्ने निती बनाएर निरुकुंस सासनलाई लम्याउन चाहाने र उत्पादन र बितरण प्रणालीमा भएको भेदभावनै मुख्य हो । लोकतन्त्रको स्थापाना पछी पनि जनताको मुख्य समस्या भन्दा पनि कस्तो किसिमको राज्य बनाउने र राज्यमा हिजको यथास्थितीबादी हरु र परिवर्तनकारीहरु विचको  सक्ति सन्तुलनको तिव्र सघंर्षमानै बित्यो । जनताले राज्यबाट आप्mनो भबिश्यको सुनिश्चित देख्न सकेनन् र बिदेशिने क्रम झन बढ्न गईरहेको छ । बिदेसमा रहेर पनि नेपाल र नेपाली जनताको उज्जल भबिश्यकोलागी बिगत देखी अहिलेसम्म राजनैतिक तथा आर्थिक संघर्षमा प्रवाशि नेपालीहरुले नेपाली जनताहरुसगै एकाकार गर्दै आईरहेका छन र भबिश्यमा पनि लागिरहने छन । निकट भबिश्यमा हुने संबिधानसभाको चुनवमा हामी प्रवास रहेका नेपालीहरु  संपन्न नेपालको कल्पनानै मुख्य हो हामी हाम्रै देशमानै आप्mनो श्रम र पसिना खर्चिन पाउनु पर्ने मुख्य हो । हामी आप्mनै देसमा फर्कने बातवरण निर्माण होस । फेरी पनि बिदेसमा रहेर पनि नेपालमा बन्ने मुलकानुनमा जनताको मत लिन गैरहेको अवस्थामा हामी प्रवासको समस्यालाई घोषणापत्रमा समेटियोस भनेर निम्न बुदां प्रस्तुत गरेका छौं । हामी संपुर्ण पर्टिको घोषणापत्रमा यो बिषय समेटियोस भन्ने चाहान्छौं साथै देसको ठुलो र जिम्मेवर पार्टि, परिवार्तनकारी पार्टिले यि बुदांहरुमा जिम्मेवरपुर्ण लिनेछ भन्ने बिश्वास हामीले लिएका छौं ।

घोषणापत्रमा समेटीनु पर्ने बिषयहरु

१.प्रवाशी नेपाली र नेपालमा बस्ने नेपालीहरु बिचको संबन्धलाई नजिक बनाउनकालागी बिषेस आर्थिक योजनालाई मुर्तरुप दिन किसान र मजदुरमुखी लगानीकालागी स्पष्ट खाका तर्जुमा गर्ने ।

२. एक पटकको नेपाली सधैको नेपाली भन्ने बिषयलाई घोषणापत्रमा स्पष्टसंग राख्ने ।

३. बिभिन्न मुलुकमा काम गर्न गएका नेपालीहरुको अवस्थालाई बुभ्mन बिभिन्न देसको सहरहरुमा बिषेस अनुगमन टिम बनाई समस्यमा परेका नेपालीहरुलाई नेपाल फर्काउने र नेपालमै उत्पादनको काममा लगाउने ग्यारेन्टि गर्ने ।

४ बिभिन्न मुलकका जेलमा रहेका नेपालीहरुलाई छुटाउन सरकारको माथिल्लो निकायबाट पहल गर्ने ।

५. बिगत देखी नेपालको आन्दोलनमा सहभागी भई लोकतन्त्र स्थापनामा बिषेस योगदान दिएका तर पछि बिभिन्न परिस्थितीले बिदेसमा जान बाध्य भएकाहरुको खोजि गर्दै वहाहरुलाई राज्यको तर्फबाट बिषेस सम्मान दिईने छ ।

६ बिदेसमा रहेर नेपालमा चलेको बिभिन्न आन्दोलनमा सहयोग गर्ने प्रवाशी नेपालीहरुको पहिचान गरी राज्यको तर्फबाट बिषेस सम्मान गरिने छ ।

७. भुतपुर्व गोर्खा सैकिहरुले चलाएको आन्दोलनलाई उच्च प्राथमिकतामा राखिने छ । राज्यको तर्फबाट बिभिन्न देसमा आन्दोलको बिषयमा कुटनैतिक छलफल गर्ने ब्यवस्था गरीयोस ।

८. भुतपुर्व गोर्खा सैनिकहरुले स्याङ्गजाको साल्मे डांडामा निर्माण गरिएको गोर्खा सैनिकहरु ईतिहास झल्कने स्मारकलाई नेपालको गौंरवकोरुपमा स्थापित गरीयोस ।

९.बिभिन्न मुलकमा रहेका बिषेस एतिहासिक दुतवास, तथा कुटनैतिक नियोगका भवनहरुलाई संरक्षण गरियास ।

१०. बिभिन्न देसमा रहेका कन्सुलर नियूक्तिमा सोहि देसमा रहेका प्रवाशी नेपालीहरुका बिचमा छलफल र सुझावका आधारमा नियूक्ति गरीयोस ।

११. प्रवाशी नेपालीहरुको प्रतिनिधित्व श्रम, परराष्ट्रमा तथा बिभिन्न संबन्धित बिभागमा  रहने ब्यावस्था गरीयोस ।

१२. प्रवाशि नेपालीहरुको लगानीलाई सरल बनाईनुका साथै सुरक्षाको ग्यारेन्टि गरीयोस ।

१३. प्रवासमा रहेका महिला कामदारहरुलाई राज्यले कामको ग्यारेन्टि गरी स्वदेसमानै कामगर्न प्रोत्साहित गरीयोस ।

१४. बिभिन्न लोभलालच देखाई बिदेसमा लैजाने र सोहि बमोजिको काम नभएमा कामदारको निवेदनको आधारमा लोभलालच देखाउने ब्यक्ति तथा कम्पनीहरुलाई कार्वाहि हुने ब्यवस्था गरीयोस ।

१५. सरकारको तर्फबाट प्रवाशी नेपालीहरुको तर्फबाट आर्थिक लगानी गर्नको लागी प्रावाशी नेपाली आर्थिक लगानि बोर्डको ब्यवस्था गरी लाखौ प्रवाशी नेपालीहरुको सहभागीतालाई सुनिश्चित गर्ने बातवरणको निर्माण गर्ने ब्यवस्था मिलाउने । थोरै लगानि, धेरै सहभागिताको अवधाराणालाई लागु गर्ने । (अहिलेसम्म गैह्र आवसिय नेपालीहरुमा माथिल्लो बर्गको हैकमलाई तोड्ने र मजदुर बर्गको हितमा हुने कार्यक्रमलाई महत्व दिने )

१६. स्वदेसमानै रोजगारको ब्यवस्था गर्ने र बिदेस पलायन हुने जनसक्तिलाई रोक्न बिषेस खालको निती निर्माण गरीयोस ।

संयूक्त नेपाली मोर्चा, यूरोप तथा 

यूरोप भरि रहेका संपुर्ण प्रगतिशिल संगठनहरु

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us