बैङकक–अन्तराष्ट्रिय श्रम संगठनले बिश्वमा १६ करोड ८० लाख बालश्रमिक रहेको तथ्य सार्वजनिक गरेको छ । हरेक १० जना बालकमा एक जना बालश्रमिक रहेको तथ्याङक छ । जेनेभा र बैङककमा एकै पटक सार्वजनिक गरिएको प्रतिवेदनमा बिश्व बालश्रमको अवस्था,बालश्रमिकको संख्या,उनीहरुको पेशा र आम्दानीका वारेमा अनुसन्धान गरिएको छ ।
प्रतिवेदन अनुसार सन २००० देखि यता बालश्रमको संख्या घटदै गएको छ । सन २०१६ सम्म् गम्भीर स्थितिमा रहेका बाल श्रम हटाउने लक्ष्य पूरा नहुने प्रतिवेदनले औल्याएको छ ।
अन्तराष्ट्रिय श्रमसंगठनका बाल श्रम समस्या सम्बन्धी उच्चस्तरिय बिशेषज्ञ सिम्रिन सिंहले बैंककमा प्रतिवेदन सार्वजनिक गर्दै भने‘बिश्वमा १६ करोड ८० लाख बालश्रमिक छन । संसारका हरेक १० जना बालक मध्ये एक जना बालश्रमिक छन । तर सन २०००मा बालश्रमको संख्या २४ करोड ६० लाख थियो । त्यसबाट बाल श्रमको संख्या घटेको देख्न सकिन्छ । तर पनि अझै ठूलो संख्यामा बालश्रमिक छन त्यसैले हामीले सन २०१६ मा सबभन्दा गम्भीर स्थितिमा रहेका बालश्रमलाई हटाउने लक्ष्य साकार तुल्याउन सकिदैन ।’
सिंहका अनुसार एशिया प्रशान्त क्षेत्रमा बालश्रमिकको संख्या ल्याटिन अमेरिका,क्यारेबियन तथा सहाराको दक्षिणतिर पर्ने दक्षिण अफ्रिका क्षेत्रमा अत्यधिक छ । बिश्व बाल श्रमका लागि केन्द्रीय क्षेत्र एशिया प्रशान्त क्षेत्र रहेको सिंहले बताए । ‘सन २००० यता यस क्षेत्रमा बालश्रममा कमी आएको भएतापनि खतरापूर्ण काम गर्ने बालश्रमिक करीव तीन करोड ४० लाख छन’उनले भने ‘एशिया प्रशान्त क्षेत्रमा बिश्वमै सबैभन्दा धेरै बालश्रम छ । यहाँ सात करोड ८० लाख बाल श्रमिक छन । हरेक दश जना बालक मध्ये एक जना बालश्रमिक छन । सन २०००मा बालश्रमिकको संख्या १४ करोड थियो । त्यो संख्या घटेपनि हामी यो समस्या प्रति गम्भीर हुनुपर्छ ।’
सन २०१६ मा सबै भन्दा गम्भीर स्थितिमा रहेको बालश्रमलाई हटाउने लक्ष्य पूरा गर्न नसकिएपनि अन्तराष्ट्रिय श्रम संगठनद्धारा बिभिन्न मुलुकसँग सम्बन्धित नीति तथा कदमलाई सवल पार्ने आशा सिंहले व्यक्त गरे । उनले भने ‘वयस्कको रोजगारलाई बढी पार्ने,श्रमको संरक्षणलाई पूर्णता दिने र शिक्षाको गुणलाई उकास्ने काम गर्न आवश्यक छ । त्यसैगरी बिभिन्न मुलुकले बालश्रम संख्या व्यवहारमा कम गर्नु पर्छ ।’