फेवातालमा फसेका ८ जनाको उद्धार

काठमाण्डु टुडे २०८२ वैशाख २२ गते १७:५४ मा प्रकाशित

काठमाण्डू, २२ वैशाख– हावाहुरीसहित परेको पानीका कारण फेवातालमा फसेका ८ जनाको उद्धार गरीएको छ । ड‌ुंगा चढेर फेवाताल सयरमा गएका बेला एक्कासी हावाहुरीसहित पानी परेपछि उनीहरु केहीबेर त्यहीँ फेसेका थिए । एउटा डुंगा तालमै पल्टिएको थियो ।

त्यसमा सवार भरपुरका रेशम थापा र विजय सुनारलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख एसपी सूर्य तिमिल्सिनाले जानकारी दिएका छन । उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन ।

डुंगामै सवार अन्य ६ जनाको पनि उद्धार गरिएको उनले बताए । तालमन्दिर दर्शन गर्न गएका दर्शनाथीलाई पनि ल्याइएको उनले जानकारी दिए । अहिले पोखरामा हावाहुरीसहित पानी परिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us