प्रवासी नेपालीको चाहना:नेपालमा संघीयतासहितको संबिधान,स्थायी सरकार र बिकास अपरिहार्य आवश्यकता

काठमाण्डु टुडे २०७० असोज ९ गते १५:०८ मा प्रकाशित

ओस्लो–नर्वेमा रहेका नेपाली समुदायले नेपालमा संघीयतासहितको संबिधान निर्माण गरी स्थायी सरकार र बिकासको अभियान सञ्चालन गरिनु पर्ने प्रस्ताव अगाडि सारेका छन ।oslo

‘नेपालमा संघीयतासहितको संबिधान,स्थायी सरकार र बिकासको अभियान’नामक प्रस्तावलाई समृद्ध बनाउँदै नेपाली जनप्रगतिशिल मञ्च नर्वेको दोस्रो अधिवेशन सकिएको छ ।अधिवेशनले डा कृष्ण अर्यालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा बलमान ओली,महासचिवमा गोरख चन्द,सचिवमा प्रेम परियार र कोषाध्यक्षमा सञ्जय अर्याललाई चयन गरेको छ । अधिवेशनले दिनेश कोइराला,गोविन्द बस्नेत,असीम भुषाल,कृष्णप्रसाद अधिकारी, नारायण चापागाई, हरिकृष्ण देवकोटा,ईन्जिनियर कल्याण काफले,हरिकृष्ण तिमिल्सिनालाई कार्यसमितिको सदस्यमा चयन गरेको छ । 

अधिवेशनले शान्तिका अग्रदुत गौतम बुद्ध लुम्बिनीमा जन्मिएको तथ्यलाई स्थापित गर्ने,नेपालमा पर्यटन प्रवद्र्धन गर्न आ आफनो ठाउँबाट योगदान पुरयाउने,राष्ट्र र राष्ट्रियता प्रति प्रेमभाव जगाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

शहिद प्रतिष्ठान नेपाल मार्फत डोटीको शहिद स्मृति आवासीय बिद्यालयका लागि दुई लाख रुपैया उपलब्ध गराएको मञ्चले सो बिद्यालयमा आगामी डिसेम्बरसम्म पुस्तकालय निर्माण गर्न थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us