प्रवास

बङ्गलादेशका अर्का नेतालाई पनि मृत्युदण्डको सजाय

२०७० असोज १५ गते १५:५७

ढाका–बङ्गलादेशका एकजना सांसदलाई उनले स्वतन्त्र बङ्गलादेशको क्रान्तिका समयमा गरेको युद्धअपराधको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ । सन् १९७१ मा तत्कालीन पाकिस्तानबाट बङ्गलादेश छुट्टिने क्रममा भएको क्रान्तिका समयमा भएको सैनिक ज्यादतिमा हजारौँ बङ्गलादेशीको ज्यान गएको थियो । सोही आमहत्यामा ती सांसदको पनि हात रहेको भनी...

कामदारमाथि ज्यादति नभएको कतारको स्पष्टोक्ति

२०७० असोज १५ गते ९:०५

दोहा–कतारले त्यहाँ रहेका विदेशी कामदारहरुमाथि ज्यादति गरेको भनी हालै प्रकाशित एक अनुसन्धान प्रतिवेदनप्रति असहमति व्यक्त गरेको छ । कतारमा रहेका नेपाली कामदार तथा अन्य देशका श्रमिकहरुमाथि ज्यादति गरेको तथ्य हालै बेलायतको एक पत्रिकाले सार्वजनिक गरेको थियो । कतारको राष्ट्रिय मानवअधिकार आयोगले त्यस्तो कुनैपनि ज्यादति...

एनआरएन बेल्जियमको विवाद सुल्झियो

२०७० असोज १५ गते २:२२

ब्रसेल्स । एनआरएन बेल्जियमको गत जुलाई ७ तारिखमा भएको निर्वाचनको विवाद सुल्झिएको छ । एनआरएन बेल्जियमको अध्यक्ष प्रेम गुरुङलाई नै मान्ने सहमतिका साथ विवाद मिलेको हो । एनआरएन बेल्जियमको नयाँ नेतृत्व चयनकालागि गत जुलाई ७ तारिखमा प्रेम गुरुङ र गंगाधर गौतमको दुई समुहमा निर्वाचन...

दुई गैह्र आवासीय नेपाली संघ बेलायतबीच एकता

२०७० असोज १५ गते २:०३

बेलायत । आलोपालो नेतृत्व सम्हाल्ने गरी योगेन्द्र बहादुर क्षेत्री र महेन्द्र कँडेल नेतृत्वको गैह्र आवासीय नेपाली संघ बेलायतबीच एकता भएको छ । गत १७ अगष्ट २०१३ देखि गैह्र आवासीय नेपाली संघ बेलायत दुईवटा थिए । लामो समयको प्रयासपछि यहि २९ सेप्टेम्वरमा नेपाली दुतावासमा भएको...

निर्वाचन प्रमुखलाई मार्ने धम्की

२०७० असोज १४ गते १७:४७

कोलम्बो–मालद्वीपका निर्वाचन आयुक्त फुवाद थोवफिकले सर्वोच्च अदालतले यस साताको अन्त्यमा हुने भनिएको राष्ट्रपति पदको निर्वाचन स्थगन गरेपछि मुलुकमा देखिएको राजनीतिक समस्याबीच आफूले ज्यानमार्ने धम्की पाउन थालेको सोमबार बताएका छन् । सर्वोच्च अदालतले निर्वाचन स्थगन गर्न दिएको आदेश नमान्दै आयुक्त थोवफिकले शनिबार निर्वाचन कार्यक्रम अगाडि...

सार्क गरिबी निवारण गोष्ठी १६ असोजमा

२०७० असोज १४ गते १७:०१

काठमाण्डु, १४ असोज–दक्षिण एसियाली राष्ट्रका जनताको जीवनस्तर उकास्न र गरिबी निवारण गर्न भइरहेका प्रयासबारे छलफल गर्न असोज १६ गतेदेखि काठमाण्डुमा दुईदिने गोष्ठी आयोजना गर्न लागिएको छ । सो गोष्ठीमा खाद्य सुरक्षाका चुनौती, लघुवित्तको प्रयोग, सार्क हस्तकला प्रवद्र्धन केन्द्र, समावेशी आर्थिक वृद्धि, महिला सशक्तीकरण, परिवार...

लालु प्रहरी हिरासतमा,संसद सदस्यता खारेज

२०७० असोज १४ गते ८:०५

नयाँ दिल्ली १४ असोज–भारतीय नेता लालु प्रसाद यादव भारतको चर्चित पशुआहारा भ्रष्टाचार मामिलामा दोषी ठहर भएका छन् । दोषी ठहर भए लगत्तै लालुलाई हिरासतमा लिईएको छ । लालु यादवसँगैै ४४ जना अन्यलाई पनि दोषी ठहर गरिएको छ । दोषी ठहर गरिए पनि लालु यादवलाई...

अब विश्वका नेवार एकजुट हुने !

२०७० असोज १४ गते ४:३७

लिस्वोन । पोर्चुगलमा बस्दै आएका नेवार समुदायले विश्वका नेवार समुदायलाई एकजुट हुन अपील गरेका छन् । नेवाःपुचः समाज पोर्चुगलले लिस्वोनमा गरेको समेबजी तथा भेटघाट कार्यक्रमका सहभागीले सबै नेवार समुदायलाई एकजुट हुन अपिल गरेका हुन् । प्रवासमा रहेर पनि नेवार समुदायको रितिरिवाज, भेषभुषा तथा परम्परालाई...

काँग्रेसलाई जिताउन भारतमा ५०१ अगुवा तयार

२०७० असोज १२ गते १९:१५

नयाँ दिल्ली–नेपाली जनसम्पर्क समिति भारतले मंसिर ४ का लागि घोषित संविधानसभा निर्वाचनमा काँग्रेसका नेताहरुलाई जिताउन ५०१ सदस्यीय समिति गठन गरेको छ । हरियाणास्थित फतेहावादमा भारतभर रहेको समितिको दुई दिने संयुक्त क्षेत्रीय अधिवेशनपछि अध्यक्ष बालकृष्ण पाण्डेको संयोजकत्वमा काँग्रेसलाई जिताउने समिति गठन गरिएको हो ।  समितिमा...

मतदातालाई उम्मेदवार अस्वीकार गर्ने अधिकार

२०७० असोज १२ गते ५:२४

नयाँ दिल्ली–भारतको सर्वोच्च अदालतले त्यहाँका मतदातालाई निर्वाचनमा भाग लिएका कुनै उम्मेदवार मन नपरे उनीहरुलाई अस्वीकार गर्ने अधिकार दिने फैसला गरेको छ । भारतीय सर्वोच्च अदालतको यो एतिहसिक फैसलापछि भारतीय मतदातालाई ‘राईट टु रिजेक्ट’को अधिकार हुने छ । अदालतले भारतीय निर्वाचन अयोगलाई भोटिङ मेशिनमा ‘यी...

सार्वजनिक यात्राको अभियान चलाए तेलमन्त्रीले

२०७० असोज १२ गते ३:४३

नयाँ दिल्ली–भारतमा तेल मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई सातामा एक दिन सार्वजनिक यातायातबाट यात्रा गर्न प्रेरित गर्ने अभियान थालिएको छ । तेलको आयातमा बढ्दो खर्च कम गर्न भन्दै तेलमन्त्री विरप्पा मोईलीले यसबारे मन्त्रालय र सम्बद्द तेल कम्पनीलाई परिपत्र गरेको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।...

अपांग विश्व साइकलयात्री पौडेल यूएईमा

२०७० असोज ११ गते १:४४

आबुधावी । बिश्वभर रहेका अपांगहरुको मनोबल बढाउने उद्देश्यले आफू अपांग भएपनि उच्च हौसलाका साथ विश्व साइकलयात्रामा निस्केका चित्र पौडेल यूएई आइपुगेका छन् । यूएई आइपुग्नु अघि उनले अन्य ५१ मुलुकको यात्रा पार गरिसकेका छन् । न्युजिल्यान्डको यात्रा पुरागरी यूएई आइपुगेका उनको यसपछिको गन्तव्य जोर्डन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us