एनआरएन बेल्जियमको विवाद सुल्झियो

काठमाण्डु टुडे २०७० असोज १५ गते २:२२ मा प्रकाशित

ब्रसेल्स । एनआरएन बेल्जियमको गत जुलाई ७ तारिखमा भएको निर्वाचनको विवाद सुल्झिएको छ । एनआरएन बेल्जियमको अध्यक्ष प्रेम गुरुङलाई नै मान्ने सहमतिका साथ विवाद मिलेको हो ।

एनआरएन बेल्जियमको नयाँ नेतृत्व चयनकालागि गत जुलाई ७ तारिखमा प्रेम गुरुङ र गंगाधर गौतमको दुई समुहमा निर्वाचन भएको थियो । तर, समावेशी समूहले निर्बाचन बहिस्कार गरेको थियो भने लुभेन क्षेत्रको मतपेटिका भित्र मतदाता भन्दा बढी मतपत्र भेटिएको थियो । यसले विवाद झन् बढेको थियो ।

विवाद समाधान गर्न २८ सेप्टेम्बर २०१३ मा एनआरएन बेल्जियमको विवाद समाधान गर्न अन्तराष्ट्रिय समन्वय समितिका संरक्षक राम प्रताप, युरोपियन संयोजक कुमार पन्तको उपस्थितिमा बसेको विशेष बैठकले भएका गल्ती स्वीकार्दै प्रेम गुरुङलाई नै अध्यक्ष मान्ने सहमति सहित विवाद समाधान गरेको हो ।

बेल्जियमको तर्फबाट आईसीसी सदस्य रविन्द्र मान श्रेष्ठको घर ब्रसेल्समा बसेको बैठकमा एनआरएनका अभियन्ताहरु, आईसीसीसी सदस्यहरु तथा हालसम्मका पूर्वअध्यक्षहरु, निर्वाचन समितिका पदाधिकारीहरु, निर्वाचित समितिका पदाधिकारी तथा निर्वाचनको परिणामप्रति असन्तुष्टी जनाउँदै आएको समाबेसि समुहका प्रमुख उमेदवारहरु, नेपाली जनप्रगतिशिल मञ्च, जन सम्पर्क समिति, संघिय समाजवादीका प्रमुख सहभागी थिए ।

विशेष बैठकले असन्तुष्ट समाबेसि समुहले उठाउदै आएका सबै कुराहरु जायज हुँदा हुँदै निर्वाचन समिति तथा एनआरएन केन्द्रले हतारमा निर्वाचित समितिलाई मान्यता दिएर गल्ति गरेको ठहर गर्दै घोषित समितिलाई नै मान्ने सहमतिकासाथ बेल्जियमको बिबाद समाधान भएको छ । बैठकमा निर्वाचन समितिका संयोजक बोधराज पौडेलले कमजोरी भएको स्वीकार गरेका थिए । समाबेसि समुहले समयमै विरोधको जानकारी दिँदादिदै केन्द्रले पनि निर्वाचित समितिलाई मान्यता दिनु गलत भएको निष्कर्ष निर्वाचित समितिले केही गतिबिधि समेत गरिसकेकोले घोषित प्रेम गुरुङको अध्यक्षतालाई नै मान्ने सहमतिका साथ विवाद मिलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us