लालु प्रहरी हिरासतमा,संसद सदस्यता खारेज

काठमाण्डु टुडे २०७० असोज १४ गते ८:०५ मा प्रकाशित

नयाँ दिल्ली १४ असोज–भारतीय नेता लालु प्रसाद यादव भारतको चर्चित पशुआहारा भ्रष्टाचार मामिलामा दोषी ठहर भएका छन् । दोषी ठहर भए लगत्तै लालुलाई हिरासतमा लिईएको छ । लालु यादवसँगैै ४४ जना अन्यलाई पनि दोषी ठहर गरिएको छ ।
दोषी ठहर गरिए पनि लालु यादवलाई कति वर्षको सयाज हुने भन्ने वारेमा अगामी अक्टुबर ३ तारिख तय गरिने अदालतले जनाएको छ । दोषी करार गरिएसँगै लालु यादवको संसद सदस्यता समेत खारेज भएको छ । पैmसलापछि कम्तिमा आगामी ६ वर्ष लालु यादवले कुनै पनि चुनावमा भाग समेत लिन पाउने छैनन् । सन् १९९७ को पशु आहारा भ्रष्टाचारमा ३७ दशमलब ७ करोडको घोटाला गरेको आरोप लालु र उनका सहयोगी अन्य ४४ जना माथि लागेको थियो ।
पशु आहारा घोटाला अन्तरगत लालु यादव र उनका सहयोगीहरुले तत्कालीन बिहार सरकारको कोषबाट जनावरहरुको आहारा,औषधीका लागि भनेर विभिन्न चरणमा ३७ दशमलब ७ करोड निकालेको आरोप लागेको छ । सरकारी गोठहरुमा पालिए गाईबस्तुको नाममा निकालिएको सो रकमका लागि गाईबस्तुहरु समेत फर्जी देखाइएको थियो । तत्कालिन समयमा लालु बिहारका मुख्य मन्त्री थिए । उनले त्यसबेला मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो र केहि समय उनी जेल समेत गएका थिए ।  तत्कालीन विहार अहिले बिहार र झारखण्ड गरेर दुई राज्यमा विभाजित भएको छ । लालुलाई झारखण्डको राँची अदालतले दोषी ठहर गरेको हो । लालु प्रसाद यादवसँगै बिहारका पुर्व मुख्यमन्त्री जगन्नाथ मिश्रलाई पनि सजाय सुनाईएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us