काँग्रेसलाई जिताउन भारतमा ५०१ अगुवा तयार

काठमाण्डु टुडे २०७० असोज १२ गते १९:१५ मा प्रकाशित

नयाँ दिल्ली–नेपाली जनसम्पर्क समिति भारतले मंसिर ४ का लागि घोषित संविधानसभा निर्वाचनमा काँग्रेसका नेताहरुलाई जिताउन ५०१ सदस्यीय समिति गठन गरेको छ । हरियाणास्थित फतेहावादमा भारतभर रहेको समितिको दुई दिने संयुक्त क्षेत्रीय अधिवेशनपछि अध्यक्ष बालकृष्ण पाण्डेको संयोजकत्वमा काँग्रेसलाई जिताउने समिति गठन गरिएको हो । pandy
समितिमा क्षेत्रीय सभापति, पदाधिकारीलगायत तरूण, महिला, विद्यार्थी, मजदूरसम्वद्ध शाखाहरूका प्रतिनिधि छन् । नेपाली काँग्रेसको भारतस्थित शाखाले समिति गठन गरेपछि यहाँका नेपालीहरूमा देशभित्रको चुनावका पक्षमा माहोल सृजना गर्ने उत्साह बढेको छ । समितिका सदस्यहरूले भारतभर रहेका लाखौं नेपाली नागरिकलाई चुनावमा सहभागी भई मतदान गर्न प्रेरित गर्नुका साथै देशभित्र काँग्रेसलाई विजयी गराउन आ आफ्नो क्षेत्रमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको अध्यक्ष बालकृष्ण पाण्डेले बताए ।
उनका अनुसार भारत प्रवासमा नेपाली काँग्रेसको पक्षमा माहोल ह्वात्तै बढिसकेको छ । नेपालको राजनीतिक परिवर्तनमा भारत प्रवासमा रहेका नेपालीहरूको निर्णायक भूमिका रहदै आएको स्मरण गराउँदै देशको सबैजसो निर्वाचन क्षेत्रमा भारत प्रवासी नेपालीहरूको मत निर्णायक हुने पाण्डेले बताए । दुई दिने क्षेत्रीय अधिवेशनका अलावा महामानव वीपी कोइरालाको सताब्दी जन्मजयन्ती समेत मनाइएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us