सार्वजनिक यात्राको अभियान चलाए तेलमन्त्रीले

काठमाण्डु टुडे २०७० असोज १२ गते ३:४३ मा प्रकाशित

नयाँ दिल्ली–भारतमा तेल मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई सातामा एक दिन सार्वजनिक यातायातबाट यात्रा गर्न प्रेरित गर्ने अभियान थालिएको छ । तेलको आयातमा बढ्दो खर्च कम गर्न भन्दै तेलमन्त्री विरप्पा मोईलीले यसबारे मन्त्रालय र सम्बद्द तेल कम्पनीलाई परिपत्र गरेको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

मन्त्री मोईलीले आफूसहित मन्त्रालय र सम्बद्ध तेल कम्पनीका कर्मचारीले हरेक बुधबार सार्वजनिक यातायात प्रयोग गर्ने घोषणा गरेका छन । मन्त्री मोइलीले मुख्यमन्त्री, केन्द्रिय मन्त्रालय लगायतलाई पनि सातामा कुनै एक दिन ‘बस डे’ घोषणा गर्न आफूले आग्रह गरेको बताए ।
यो स्वेच्छिक काम भएको र सार्वजनिक यातायातको प्रयोग नगर्नेलाई कुनै सजाय नदिईने उनले बताए । बढ्दो तेल आयात खर्च कटौती गर्न नागरिकको भूमिका महत्वपूर्ण भएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us