प्रवास

विदेशमा बस्ने नेपालीमा पनि चुनाबी रौनक

२०७० असोज २२ गते १:३४

लण्डन । देश चुनाबी अभियानमा जुटीरहेकोबेला पार्टी सम्बद्ध बैदेशिक बिभागहरु पनि सकृय भएका छन् । एनेकपा माओवादी सम्बद्ध बेलायतका कमिटीहरुको छलफल अभियानले तिव्रता पाएको छ । यसैबीचमा ६ अक्टोबरमा एनेकपा माओवादी बेलायत जिल्ला समिति अन्तर्गत साउथ इस्ट लण्डन एरिया कमिटिको भेला सम्पन्न भएको छ...

आबुधाबिमा दशैं बनभोज कार्यक्रम सम्पन्न

२०७० असोज २२ गते १:१५

आबुधाबी – दशैंको आगमनसंगै भित्रिएका पर्वहरुलाई स्वागत गर्दै प्रवासी नेपाली युवा संघ यूएईले गत शुक्रवार आबुधाबिमा एक बनभोज कार्यक्रम आयोजना गर्यो | आबुधाबिको कर्नेश पार्कमा आयोजित उक्त बनभोज कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजसेवी नेपालीहरुको उपस्थिति थियो | सार्वजनिक रुपमा कार्यक्रमको प्रचार प्रसार...

भारतमा बिजुली चम्कँदा ३२ को मृत्यु

२०७० असोज २१ गते १६:४३

पटना–भारतको पूर्वी राज्य बिहार तथा झारखण्डमा बिजुली चम्कँदा नौ बालबालिकाकासहित ३२ जनाको मृत्यु भएको छ । बिहार राज्यका प्रकोप व्यवस्थापन मन्त्री रेणु कुमारी कुशवाहले शनिबार र आइतबार बिजुली चम्कँदा सात बालबालिकाका साथै २४ जनाको मृत्यु भएको जानकारी दिइन । छिमेकी राज्य झारखण्डमा दुई बालबालिकाका...

थाइल्यान्डमा सडक दुर्घटनामा १६ को मृत्यु

२०७० असोज २१ गते १६:३९

बैंकक–थाइल्यान्डको उत्तरपूर्वी भागमा सोमबार एक ट्रक दुर्घटना हुँदा त्यसमा यात्रा गरिरहेका १६ जनाको मृत्यु भएको छ । उक्त ट्रक एक रुखमा ठक्कर खाएको,त्यसमा रहेका १५ यात्रुको घटनास्थलमै मृत्यु भएको र एक जनाको अस्पतालमा मृत्यु भएको बुरिराम प्रान्तका स्थानीय प्रहरी केन्द्रका प्रमुख कर्णेल सुथी सियाथहावङले...

दशै र चुनावका लागि भारतबाट फर्कदै नेपाली

२०७० असोज २१ गते ७:२३

बर्दिवास, २१ असोज–संविधानसभा सदस्य निर्वाचनको तयारी र महत्वपूर्ण चाडबाड सँगसँगै परेपछि भारतका विभिन्न सहरमा काम गर्ने नेपाली घर फर्कन थालेका छन् ।  पछिल्ला तीन चार दिनदेखि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती नाका भिट्ठामोर, मटिहानी र सम्सीबाट दैनिक सयौँ सङ्ख्यामा घर फर्केका नेपालीले मुलुकमा संविधान निर्माणका...

सिरियामा रासायनिक हतियार भण्डार नष्ट गर्ने कार्य आरम्भ

२०७० असोज २० गते १५:००

बेरुत–अन्तर्राष्ट्रिय निशस्त्रीकरण विशेषज्ञहरूले आइतबार सिरियाको व्यापक रासायनिक हतियार भण्डार नष्ट गर्ने कार्य आरम्भ गरेका छन् । अगस्त २१ का दिन दमासकसको बाहिरी भागमा ग्यास आक्रमण भएपछि अमेरिकाले सिरियामाथि आक्रमण गर्ने चेतावनी दिएको थियो र यो आक्रमण हुन नदिन अन्तर्राष्ट्रिय सम्झौता भएको यियो । विशेषज्ञहरूले...

दक्षिण कोरियाली राष्ट्रपति इन्डोनेसियामा

२०७० असोज २० गते १४:१५

बाली (इन्डोनेसिया)–दक्षिणी कोरियाली राष्ट्रपति पार्र्क गेयुन हाई आइतबार अपरान्ह्मा २१ औँ एसिया पासिफिक इकोनोमिक कोर्पोरेशन (एपीईसी) को सम्मेलनमा भाग लिन इन्डोनेसिया पुगेकी छिन । पार्कले एपीईसीमा सोमबार सम्बोधन गर्ने कार्यक्रम छ । एपीइसी अक्टोबर ५ देखि सुरु भई ७ तारिखसम्म जारी रहने छ ।...

तेलंगनाका विरुद्ध भोक हड्ताल सुरु

२०७० असोज १९ गते १५:५९

कर्नुल(भारत)–भारतीय काँग्रेसको एक शक्तिशाली गठबन्धनका एकजना वरिष्ठ नेताले भारत सरकारले गरेको नयाँ राज्य घोषणाका विरुद्ध शनिबारदेखि भोक हडताल सुरु गरेका छन् । उनले आफ्नो गृह राज्यका रुपमा रहेको आन्ध्र प्रदेशलाई फुटाएर सरकारले नयाँ तेलंगना राज्यको घोषणा गरेको विरुद्धमा सो हड्ताल गरेका हुन् । भारतीय...

घूस लिएको आरोपमा न्यायाधीश पक्राउ

२०७० असोज १९ गते १०:५५

जकार्ता– इन्डोनेसियाको संवैधानिक अदालतका प्रमुख न्यायाधीश अकिल मोच्तार तीन लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनको कार्यकक्षमा गैरकानुनी पदार्थ फेला परेपछि उनीमाथि लागुपदार्थसम्बन्धी आरोप लगाउने सम्भावना बढेको एक अधिकारीले बताएका छन् । गत अगस्तमा मुलुकको ऊर्जासम्बन्धी संस्थाका प्रमुखलाई पक्राउ...

युद्धग्रस्त मुलुकका बालबालिका शिक्षाबाट वञ्चित

२०७० असोज १९ गते १०:१३

काठमाण्डु–विश्वका युद्धग्रस्त मुलुकका करिब तीन करोड बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित छन् । यो तथ्य उच्चस्तरीय नेताहरू समक्ष अन्तर्राष्ट्रिय सङ्गठनसँग आबद्ध शिक्षाविद्हरूको भेलाले उजागर  गरेको  हो । संयुक्त राष्ट्रसंङ्घीय महासभाको एक अंगको रूपमा हालै आयोजित “शिक्षाले कसैलाई पर्खदैन” (एजुकेशन क्यानट वेट) नामक एक सम्मेलनमा उक्त...

भारतमा नयाँ राज्यको विवादमा प्रदर्शन तथा राजिनामा

२०७० असोज १८ गते १७:५१

अनन्तपुरम, १८ असोज–भारतको मन्त्रिपरिषद्ले नयाँ राज्य तेलङ्गना सिर्जनाका लागि लामो समयसम्मको प्रदर्शन तथा कहिलेकाँही हुने हिंसाप्रति झुक्दै सकारात्मक निर्णय गरेको एक दिनपछि शुक्रबार यस निर्णयको विरोधमा दक्षिणपूर्वी भागमा प्रदर्शन देखा परेको छ । सो प्रकरणमा केही सङ्घीय मन्त्रीले राजिनामा समेत दिएका छन । प्रधानमन्त्री...

नोवेल शान्ति पुरस्कारको दाबेदार मलाला

२०७० असोज १८ गते १३:२७

स्कटहोम, १८ असोज–यस वर्षको नोवेल पुरस्कारको मौसम आगामी सोमबारदेखि सुरु हुन लागेको छ । यसका लागि विभिन्न देशबाट मनोनयनहरु भइसकेका छन् । यस पुरस्कारको सबैभन्दा बढी प्रतिष्ठित एवम् विश्वप्रसिद्ध बिधाका रुपमा नोवेल शान्तिलाई लिइन्छ । यो मौसमको सुरुवातसँगै नोवेल शान्ति पुरस्कारका बारेमा निकै धेरै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us