आबुधाबिमा दशैं बनभोज कार्यक्रम सम्पन्न

काठमाण्डु टुडे २०७० असोज २२ गते १:१५ मा प्रकाशित

dashain 3आबुधाबी – दशैंको आगमनसंगै भित्रिएका पर्वहरुलाई स्वागत गर्दै प्रवासी नेपाली युवा संघ यूएईले गत शुक्रवार आबुधाबिमा एक बनभोज कार्यक्रम आयोजना गर्यो | आबुधाबिको कर्नेश पार्कमा आयोजित उक्त बनभोज कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजसेवी नेपालीहरुको उपस्थिति थियो | dashain 4

सार्वजनिक रुपमा कार्यक्रमको प्रचार प्रसार नगरिएको भएपनि सो बनभोजमा मनग्य रुपमा आबुधाबिवासी नेपालीहरुले सहभागीता जनाएका थिए | साँझको समयमा आयोजित सो बनभोजमा शुभकामना आदानप्रदानका लागि एक छोटो औपचारिक कार्यक्रम समेत राखिएको थियो | सोहि औपचारिक कार्यक्रम मार्फत आयोजक संस्थाको माउ संगठनको रुपमा रहेको प्रवासी नेपाली संघ यूएईका केन्द्रीय उपसचिव गोबिन्द प्रसाद खनाललाई बिदाई समेत गरिएको थियो | यूएई छोडेर जादै गरेका खनाललाई संघका पदाधिकारी तथा सदस्यहरुले दोसल्ला ओढाई उपहार सहित बिदाई गरेका हुन् |

dashain 5

आयोजक संस्थाका सचिव नवराज बस्नेतद्वारा संचालित उक्त कार्यक्रमको सभापतित्व संघका अध्यक्ष महेश गिरीले गरेका थिए | सो अवसरमा प्रवासी नेपाली संघका अध्यक्ष यमलाल शर्मा पंगेनी, एनआरएनए यूएईका बरिस्ठ उपाध्यक्ष बिकाश अधिकारी, एनआरएनकै आइसीसी सदस्य बिमल तामांग, नेपाली जनसम्पर्क समिति यूएईका गुन्जमान गुरुङ, प्रवासी नेपाली महिला संघकि अध्यक्ष सिता भुर्तेल, यूएई आइपुगेका अपांग बिस्व साइकलयात्री चित्र पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए |Dashain 1

कार्यक्रममा सहयोग पुर्याउने तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै संघका अध्यक्ष महेश गिरिले नेपालीहरुको महान चाड बडा दशैंलाई हर्षोल्लास पुर्वक मनाउनका लागि उक्त पिकनिक कार्यक्रम आयोजना गरिएको बताए | संस्कृतिको सम्मान र सम्बर्द्धनका लागि संघले तिहारमा आबुधाबिमा देउसीभैलो खेल्ने जानकारी पनि गराएको छ |

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us