थाइल्यान्डमा सडक दुर्घटनामा १६ को मृत्यु

काठमाण्डु टुडे २०७० असोज २१ गते १६:३९ मा प्रकाशित

बैंकक–थाइल्यान्डको उत्तरपूर्वी भागमा सोमबार एक ट्रक दुर्घटना हुँदा त्यसमा यात्रा गरिरहेका १६ जनाको मृत्यु भएको छ ।
उक्त ट्रक एक रुखमा ठक्कर खाएको,त्यसमा रहेका १५ यात्रुको घटनास्थलमै मृत्यु भएको र एक जनाको अस्पतालमा मृत्यु भएको बुरिराम प्रान्तका स्थानीय प्रहरी केन्द्रका प्रमुख कर्णेल सुथी सियाथहावङले बताए ।
चिकित्सकका अनुसार बाँकी आठ यात्रुको अवस्था गम्भीर छ । यी यात्रीहरू श्रमिक रहेको र उनीहरू बैंककबाट घर फर्कँदै गरेको अवस्थामा उक्त ट्रक दुर्घटना भएको बताइएको छ ।
प्रहरीले २४ वर्षीय ट्रक चालकको पनि मृत्यु भएको र निजले ट्रक चलाउँदै गर्दा निदाएकाले उक्त दुर्घटना भएको जानकारी दिएको छ ।
प्रहरीले यी चालकको झोलामा एम्फेटामाइनको चक्की तथा आधा प्रयोग गरेको मदिराको बोतल फेला परेको उल्लेख गरेको छ । प्रहरीले दुर्घटना भएको सडकको अवस्था खराव नरहेको र दुर्घटना बिहानको समयमा भएको जानकारी दिएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us