प्रवास

भारतीय प्रधानमन्त्रीको रसिया र चीनको भ्रमण

२०७० असोज ३१ गते ७:००

नयाँदिल्ली, ३१ असोज–भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आगामी हप्ता रसिया र चीनको भ्रमण गर्दै छन । प्रधानमन्त्री सिंहले आगामी अक्टोबर २० देखि २२ सम्म रसियाली प्रधानमन्त्री भ्लादिमिर पुटिनको निमन्त्रणमा त्यसतर्फ जान लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । सो भ्रमणको क्रममा १४ औँ भारत र...

इराकमा युद्धबाट मर्नेको सङ्ख्या पाँच लाख

२०७० असोज ३० गते १४:५२

किर्कुक,असोज–इराकको किर्कुक नगरमा एक सुन्नी मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका भक्तजनको बीचमा एक बम विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ भने सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेपछि युद्धग्रस्त यस मुलुकमा मर्नेको सङ्ख्या पाँच लाख पुगेको छ । बुधबार मर्नेमा तीन बालबालिका, एक...

जापानमा चक्रवातबाट मृत्यु हुने १७ पुगे

२०७० असोज ३० गते १४:२२

टोकियो, ३० असोज–जापानको राजधानी टोकियोमा आएको विफा नामको चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जापानको प्रशान्त क्षेत्रीय तटीय क्षेत्रलाई गएरातिदेखि शक्तिशाली चक्रवातले प्रभावित पारेको छ । सो प्रभावका कारण १७ व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । जापानी अधिकारीहरुले उक्त आँधीबाट...

दक्षिण कोरियामा नेपाली कामदारबाट आत्महत्या

२०७० असोज २९ गते ७:२८

सोल, २९ असोज– बडादसैंको बीचमा दक्षिण कोरियामा एक नेपाली कामदारले आत्महत्या गरेका छन् । ख्यङगीदो सुवनस्थित प्लाष्टिक कम्पनीमा कार्यरत डोटीका २४ वर्षीय मोहन विष्टले शुक्रबार साँझ कम्पनीनजिकै झुण्डिएर आत्महत्या गरेका हुन् । विष्ट पाँच महिनाअघि ईपीएसमार्फत रोजगारीका लागि कोरिया आएका थिए । घटनाबारे त्यहाँ...

मन्दिरमा भागदौड मच्चिदा मृत्यु हुनेको सङ्ख्या ११५ पुग्यो

२०७० असोज २८ गते ९:३७

रतनगढ (भारत), २८ असोज । हिन्दू मन्दिर नजिकै कम्तीमा ११५ व्यक्तिको मृत्युभएपछि भारतीय जनताबीच आक्रोश बढ्न थालेको छ । यसै स्थानमा सात वर्ष अगाडि भागदौड यस्तै दुर्घटना भएको थियो । यस घटनामा एक प्रत्यक्षदर्शीले एक आमाले आफ्नो बालबालिकालाई खोलामा फालेको समेत देखेको बताए ।...

भारतमा चक्रवातपीडित घर फर्के

२०७० असोज २८ गते ९:३०

गोपालपुर (भारत) २८ असोज-भारतमा गत १४ वर्षमा सबैभन्दा प्रभावशाली ठानिएको चक्रवातका कारण अन्यत्र गएका लाखौँ मानिस आफ्नो घर तथा व्यापारमा फर्केका छन् । यसबीच चक्रवातबाट प्रभावित क्षेत्रमा व्यापक उद्धार कार्यक्रम सञ्चालन भएको छ । यस चक्रवातका कारण १० लाख मानिसलाई अन्यत्र शरण लिन लगाइएको...

चिनियाँ प्रधानमन्त्री भियतनाममा

२०७० असोज २७ गते ११:३८

हानोई, २७ असोज–चिनियाँ प्रधानमन्त्री ली खछियाङ आइतबार भियतनाम पुगेका छन । उनी भियतनामसँगको द्विपक्षीय सम्बन्ध विकास र थप विस्तारको लागि त्यहाँ पुगेका हुन । भ्रमणको क्रममा प्रधानमन्त्री लीले आफ्ना समकक्षी न्गुयेनतान डुङ्गेसँग भेटघाट गर्नेछन । सो भेटघाटको क्रममा विभिन्न सहकार्य र सम्झौताहरूमा  हस्ताक्षर गरिने...

दूतावासका कर्मचारीको तलब बढ्ने

२०७० असोज २५ गते ११:२३

अमेरिका । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले दूतावासमा कार्यरत स्थानीय कर्मचारीको तलब बृद्धि र बीमाको व्यवस्था गर्न सरकार तयार रहेको बताएका छन् । अमेरिकास्थित नेपाली दूतावासले गरेको स्वागत कार्यक्रममा अर्थमन्त्री कोइरालाले आफूले भ्रमण गरेका प्रत्येक देशका दूतावास र कुटनीतिक नियोगहरुले यस विषयमा भोगेको...

देश बचाउन म प्रधानमन्त्री बन्न चाहन्छु– मलाला

२०७० असोज २५ गते १०:४२

 न्युयोर्क, २५ असोज-पाकिस्तानी बाल अधिकारकर्मी मलाला युशुफजायीले देशको समस्या समाधान गर्नका लागि आफु पाकिस्तानको प्रधानमन्त्री बन्न चाहेको बताएकी छन । अमेरिकी टेलिभिजन सिएनएनलाई दिएको अन्तरवार्तामा उनले आफू पाकिस्तानको प्रधानमन्त्री बन्न पाएमा देशको हालत सुधार्ने बताइन । शान्तिका लागि यसवर्षको नोवेल पुरस्कार प्रदान पनि गर्न...

अस्पतालको आगलागीमा १० जनाको मृत्यु

२०७० असोज २५ गते ७:५६

ओसाका (जापान), २५ असोज- दक्षिणपश्चिम जापानी सहर फुकुओका सहरमा अवस्थित एक अस्पतालमा लागेको आगलागीमा १० जनाको मृत्यु भएको छ । सो आगलागीमा अन्य आठजना घाइते भएका स्थानीय अधिकारीहरूले जनाएका छन् । चारतले भवनमा अवस्थित यस अर्थोपेडिक अस्पतालमा स्थानीय समयअनुसार २ः२० बजे आगलागी सुरु भएको...

चुनावमा भोट हाल्न नपाएकोमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजको विरोध

२०७० असोज २५ गते १:५४

काठमाण्डु । प्रवासी नेपालीलाई संविधानसभा निर्वाचनमा मतदान गर्नबाट बञ्चित गराइएको भन्दै अन्तर्राष्ट्रिय नेपाली एकता समाज र मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले बिरोध गरेका छन् । विदेशमा रहेका एक चौथाईभन्दा बढी नेपालीलाई संविधानसभा निर्वाचनमा बन्चित गराएर हुने संविधानसभा निर्वाचनको खासै अर्थ नरहने उनीहरुको भनाइ...

भारतमा मजदुरीका लागि गएका नेपाली फर्कने क्रम तीव्र

२०७० असोज २५ गते १:२४

कञ्चनपुर–पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतका विभिन्न सहरमा मजदुरीका लागि गएका नेपाली दसैँ, तिहार, छठ र आउनै लागेको संविधानसभाको निर्वाचनका लागि घर फर्कने क्रम तीब्र भएको छ । दैनिक एक हजारको हाराहारीमा यस नाका भएर नेपालीहरु घर फर्कन थालेका छन् । विगत तीन दिनदेखि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us