चिनियाँ प्रधानमन्त्री भियतनाममा

काठमाण्डु टुडे २०७० असोज २७ गते ११:३८ मा प्रकाशित

liहानोई, २७ असोज–चिनियाँ प्रधानमन्त्री ली खछियाङ आइतबार भियतनाम पुगेका छन । उनी भियतनामसँगको द्विपक्षीय सम्बन्ध विकास र थप विस्तारको लागि त्यहाँ पुगेका हुन ।
भ्रमणको क्रममा प्रधानमन्त्री लीले आफ्ना समकक्षी न्गुयेनतान डुङ्गेसँग भेटघाट गर्नेछन । सो भेटघाटको क्रममा विभिन्न सहकार्य र सम्झौताहरूमा  हस्ताक्षर गरिने समेत समाचारमा उल्लेख छ ।
यसै क्रममा लिले कम्युनिस्ट पार्टी अफ भियतनाम (सिपीभि)का महासचिव न्गयेन फु ट्रोङ्गलगायत विभिन्न उच्चस्तरिय नेताहरूसँग भेटघाट गर्नु हुने जनाइएको छ ।
लिको यस भ्रमणमा चीन भियतनाम सहकार्यमा तीन प्रमुख मुद्दालाई अगाडि बढाउनु हुने बताइएको छ ।  सामुन्द्रिक सहयोग, सामुन्द्रिक तटिय सहयोग र आर्थिक सहयोगको मुद्दा अगाडि बढाउनु हुने जनाइएको छ ।
लिको दक्षिणपूर्वी एसिया भ्रमणको क्रममा भियतनाम अन्तिम भ्रमणको रुपमा रहेको जनाइएको छ । यसअघि उहाँले बु्रनाई र थाइल्यान्डको भ्रमण गरिसक्नु भएको थियो । रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us