दक्षिण कोरियामा नेपाली कामदारबाट आत्महत्या

काठमाण्डु टुडे २०७० असोज २९ गते ७:२८ मा प्रकाशित

सोल, २९ असोज– बडादसैंको बीचमा दक्षिण कोरियामा एक नेपाली कामदारले आत्महत्या गरेका छन् ।
ख्यङगीदो सुवनस्थित प्लाष्टिक कम्पनीमा कार्यरत डोटीका २४ वर्षीय मोहन विष्टले शुक्रबार साँझ कम्पनीनजिकै झुण्डिएर आत्महत्या गरेका हुन् । विष्ट पाँच महिनाअघि ईपीएसमार्फत रोजगारीका लागि कोरिया आएका थिए ।

घटनाबारे त्यहाँ कार्यरत नेपालीले प्रहरीका बखर गरेका थिए । घटनाको विस्तृत विवरण आइसकेको छैन । सोल प्रहरीले आत्महत्याको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ । घटनापछि सोलस्थित नेपाली दूतावासका अधिकारीहरु घटनास्थल पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us