प्रवास

एनआरएन विधिवत दर्ता

२०७० कार्तिक ४ गते ४:१४

काठमाण्डु–गैरआवासीय नेपाली संघ (एनआरएन) नेपालमा विधिवत दर्ता भएको छ । काठमाण्डुमा जारी छैटौं विश्व सम्मेलनमा सोमबार गृहमन्त्री माधव घिमिरेले एनआरएन दर्ता भएको औपचारिक जानकारी गराएका हुन् । राष्ट्रपति डा. रामवरण यादवले सम्मेलनमा एनआरएन दर्ताको प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम छ ।...

जम्मु–काश्मीरमा भुकम्प

२०७० कार्तिक ४ गते ४:०९

नयाँदिल्ली– भारत प्रशासित जम्मु–काश्मीरमा भुकम्प आएको छ । ५ दशमलव ५ रेक्टर स्केलको भुकम्प आएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । भारत–चीन सीमामा आइतबार राती १ बजेर १५ मिनेटमा आएको भुकम्पको झट्का नयाँदिल्लमा पनि महसुस गरिएको थियो । भुकम्पले धनजनको क्षति पुर्याएको खबर पनि आइसकेको...

मालद्वीपमा नयाँ निर्वाचनका लागि कामचलाउ सरकारको माग

२०७० कार्तिक ३ गते १४:२५

माले–मालद्वीपमा प्रहरीले निर्वाचन स्थगन गर्न बाध्य पारेपछि प्रतिपक्षी नेता मोहमद नसिदले आइतबार नयाँ निर्वाचनका लागि काम चलाउ सरकार गठन गर्न माग गरेका छन । उक्त निर्वाचनमा उनले विजय हासिल गर्ने अनुमान गरिएको थियो । पूर्व राष्ट्रपति नसिदले राजधानी मालेमा पत्रकारहरूलाई पदमुक्त हुन लागेका राष्ट्रपति...

अमेरिकाले पाकिस्तानलाई सैन्य र आर्थिक सहायता दिने गोप्य निर्णय

२०७० कार्तिक ३ गते १४:१०

वासिङटन– संयुक्त राज्य अमेरिकाले पाकिस्तानलाई सैन्य तथा आर्थिक सहायता प्रदान गर्ने गोप्य निर्णय गरेको छ । अमेरिकाले पाकिस्तानलाई सहयोगस्वरुप एक अर्ब ६० लाख अमेरिकी डलर बराबरको रकम प्रदान गर्ने निर्णय गरेको हो । तालिवानी नेता ओसामा बिन लादेन र अमेरिकी ड्रोन हमलामा पाकिस्तानी सेनाहरुको...

जन्मदिन मनाउन नपाउदै विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

२०७० कार्तिक ३ गते ७:०९

ब्रुसेल्स, ३ कात्तिक–दक्षिण–पूर्वी बेल्जियमको फर्नेलमोन्ट नगरनजिकै शनिबार एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा चालकसहित ११ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार नामुर विमानस्थलबाट उडेको सो विमान प्रस्थान गरेको केही मिनेटमा नै जमिनमा खसी दुर्घटनाग्रस्त भएको थियो । बेल्जियमको समाचार संस्था बेल्गा समाचार...

एनआरएनएको सचिवमा पुष्पराज तिमिल्सिनाको उम्मेदवारी

२०७० कार्तिक २ गते ८:५९

काठमाण्डु २ कात्तिक–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए—आइसीसी) को आगामी महाधिवेशनका लागि पुष्पराज तिमिल्सिनाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । स्पेनका तर्फबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य समेत रहेका तिमिल्सिनाले ११ बुँदे प्रतिबद्धतासहित सचिवमा उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनएको छैंटौ विश्व सम्मेलन...

फिलिपिन्सको विमानस्थल विश्वको सबैभन्दा नराम्रो

२०७० कार्तिक १ गते १५:३८

मनिला, १ कात्तिक–मनिला विमानस्थलको टर्मिनल–१ विश्वको सबैभन्दा नराम्रो टर्मिनलको रूपमा दोस्रो पटक देखिएको छ । यो नतिजा ट्राभल वेबसाइटले गरेको अनलाइन सर्वेक्षणमा देखिएको हो । यस सर्वेक्षणको नतिजालाई अस्वीकार गर्दै यहाँका अधिकारीहरुले विमानस्थलमा सुधार भइरहेको दाबी गरेका छन् । ‘‘द गाइड टु स्लिपिङ इन...

साउदी अरेयिबाद्धारा सुरक्षा परिषदको निर्वाचित सदस्यता अस्वीकार

२०७० कार्तिक १ गते १३:४२

रियाद, १ कात्तिक–साउदी अरेबिया संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा निर्वाचित भएको एक दिनपछि यस संस्थाले विश्वमा द्वन्द्व समाधान गर्ने विषयमा दोहोरो चरित्र देखाएको भन्दै यसको सदस्यता अस्वीकार गरेको छ । साउदी अरेबियाको विदेश मन्त्रालयले सुरक्षा परिषद्को काम गर्ने संयन्त्र तथा दोहोरो चरित्रले यसलाई विश्वमा शान्ति...

गोरखपुरमा लुटिएपछि मानसिक असन्तुलन

२०७० कार्तिक १ गते ५:०४

बागलुङ, १ कात्तिक–भारतको पञ्जावबाट नेपाल फर्कने क्रममा गत शनिबार गोरखपुरमा लुटिएका एक युवाको मानसिक सन्तुलन बिग्रिएको छ । कामको खोजीमा डेढ महिनाअघि पञ्जाव पुगेका मल्म गाविस–७ का २६ वर्षीय ईश्वर साहानी दसैँमा घर फर्कने क्रममा गोरखपुरमा अपरिचित व्यक्तिको समूहबाट लुटिएका थिए । गत शनिबार...

बेल्जियम नागरिकद्वारा ६ लाख सहयोग

२०७० कार्तिक १ गते ३:१७

म्याग्दी, १ कात्तिक–म्याग्दीको घार–२ चित्रेमा रहेको न्यू हिमालय युवा क्लबको भवन निर्माणमा बेल्जियम नागरिक पलभाण्डा मर्टेलले ६ लाख रुपैयाँ सहयोग गरेका छन । यसअघि चित्रेमा शान्ति मेडिकल हल र लालीगुराँस प्राविको भवन निर्माणमा समेत आर्थिक सहयोग गरेका मर्टेलले क्लबको निर्माणाधीन भवनका लागि ६ लाख...

पाकिस्तानद्वारा भारतमाथि हत्याको आरोप

२०७० असोज ३१ गते १५:४३

इस्लामावाद, ३१ असोज–भारतीय सैनिकले बिहीबार आफ्नो एक जना अर्धसैन्य बलका सदस्यको हत्या गरेको आरोप पाकिस्तानी सैनिकले लगाएको छ । भारत र पाकिस्तानको सीमा क्षेत्रमध्ये पूर्वी पञ्जाव प्रान्तको सीमा रेखामा ती सैनिकको हत्या गरिएको आरोप पाकिस्तानले लगाएको छ । यस वर्ष भारत र पाकिस्तानका सैनिकहरुले...

चिलीमा एक लाख ३५ हजार नयाँ रोजगारी सिर्जना गरिने

२०७० असोज ३१ गते १३:३६

सान्टीयागो, ३१ असोज–चिलीमा सन् २०१४ सम्ममा एक लाख ३५ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना गरिने भएको छ । सन् २०१४ सम्म ठूलो लगानीको चार सय वटा परियोजनामा सो काम सिर्जना हुने क्यापिटल गुड्स कोर्पेरेसन (सिवीसी) ले जानकारी दिएको छ ।     विभिन्न परियोजनाअन्तर्गत ती...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us