म्याग्दी, १० कात्तिक–शरीरमा रगत उत्पादन नहुने (हाइपोपलास्टिक एनिमिया) रोगबाट थलिएकी म्याग्दीकी एक युवतीको लाखौँ रुपैयाँ चन्दा सङ्कलन गरेर उपचार गरिएको छ । चन्दा सङ्कलन अभियानबाट जुटेको रकम खर्च गरेर शुक्रबार भारतको कोलकतास्थित टाटा मेडिकल सेन्टरमा सिंगा गाविस–१ की ओमकुमारी (शान्ति) पुनको बोनम्यारो प्रत्यारोपण गरिएको...
इस्लामावाद–पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले पाकिस्तानमा रहेका तालिवानहरुसँगको वार्ताका लागि पाकिस्तानका सबै दललाई विश्वासमा लिने बताएका छन । पाकिस्तानका प्रमुख विपक्षी नेता खुर्सिद साहले तालिवानसँगको वार्ताका विषयमा आफुले सञ्चारमाध्यमबाट मात्र सुनेको तर सरकारले यस विषयमा केही बताउन नचाहेको भनी दिएको सार्वजनिक वक्तव्यपछि त्यस्तो भनाई आएको...
वासिङटन–अमेरिकी गुप्तचर संस्था सीआईएका पूर्व उपप्रमुख माइकल मोरलले पूर्व गुप्तचर ठेक्केदार एडवर्ड स्नोडनले चुहाएका सूचनाबाट अमेरिकाको इतिहासमा सबैभन्दा गम्भीर प्रकृतिका गोप्य सूचना सार्वजनिक भएको र यसले अमेरिकाको कठिनाइ अझै बढाउने धारणा व्यक्त गरेका छन् । मोरलले सीबीएसको ‘‘सिक्स्टी मिनेट’’ कार्यक्रममा स्नोडनले चुहाएको सूचनाका कारण...
सियोल–नेपाल सेमाउलका अध्यक्ष नवराज पन्त दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हाइद्धारा पुरस्कृत भएका छन । दक्षिण कोरियाली सेमाउल उन्दोङका सभापति सीम यून छोङले पन्तलाई अन्तराष्ट्रिय सेमाउल उन्दोङ मञ्चमा पुरस्कार प्रदान गरेका हुन । पन्तले दक्षिण कोरियामा सफल सेमाउल उन्दोङलाई नेपालमा नयाँ गाउँ अभियानका रुपमा...
कोलम्बो, कात्तिक–बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन अर्काे महिना श्रीलङ्का आउने निश्चित भएको छ । आगामी महिना श्रीलङ्कामा हुनलागेको राष्ट्रमण्डल सम्मेलनमा सहभागिताका लागि उनी त्यहाँ आउन लागेका हुन । सो भ्रमणका क्रममा श्रीलङ्कालाई मानवअधिकारका लागि प्रतिबद्ध गराउने काममा उनले दबाब दिने अनुमान छ । श्रीलङ्कामा युद्ध...
नयाँ दिल्ली, कात्तिक–भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहले आफुलाई कुनै पनि अनियमित कामका लागि प्रश्न गर्न पाउने अधिकार भरतीय प्रहरीसँग सुरक्षित रहेको बताएका छन । उनले भने–म पनि कानुन भन्दा माथि छैन, भारतको कुनैपनि अनुसन्धान निकायले मलाई जे सुकै विषयमा पनि प्रश्न गर्न सक्छ । भारतमा...
काठमाण्डु–भ्रष्टाचार र पदको दुरुपयोग अभियोगमा जन्मकैदको सजाय सुनाइएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता बो शिलाईको अपील चीनको एक अदालतले खारेज गरेको छ । शानदोंग हायर पीपुल्स कोर्टले बोले दिएको निवेदन खारेज गर्दै जन्मकैदको सजाय सदर गरेको हो । गत सेप्टेम्बर महिनामा जिनानको इन्टरमीडिएट कोर्टले ६४...
काठमाण्डु–राजनीतिक दलका नेताहरु बिभिन्न कारणले विवादमा आउँछन् । भ्रष्टाचार, जनतालाई बाँड्ने झुठा आश्वासन, आपराधिक गिरोहसँगको साँठगाँठ आदिले उनीहरुलाई विवादमा तान्छ । त्यतिमात्रै होइन, यौन शोषणका कुराले पनि नेताहरु विवादमा तानिन्छन् । यौन शोषणको मामिलामा एक काँग्रेस नेता विवादमा तानिएका छन् । ति नेता नेपालका...
नयाँदिल्ली–भारतको राजधानी नयाँदिल्लीमा एक बालिका बलात्कृत भएकी छन् । सफदरजंग क्षेत्रमा पार्किङ गरेर राखिएको कारभित्र तीनजनाले एक बालिकालाई सामुहिक बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न व्यक्तिहरु फरार रहेको र कार बरामद गरेर अनुसन्धान शुरु गरेको दिल्ली प्रहरीले जनाएको छ । ति बालीकाले बलात्कारी सबैलाई...
काठमाण्डु–चीन र भारतबीच सीमाक्षेत्रमा शान्ति कायम राख्ने लगायतका नौं बुँदे सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहको चीन भ्रमणको क्रममा सीमा रक्षा सहयोगमा महत्वपूर्ण सम्झौता भएको हो । सीमा विवाद हटाउन सौहाद्रपूर्ण भूमिका निर्वाह गर्न दुवै देशका प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन् । साथै...
कञ्चनपुर– वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक नेपालीको मलेसियामा मृत्यु भएको छ । कञ्चनपुर भीमदत्तनगरपालिका– ११ भुजेलाका राजु ओडको सडक दुर्घटनामा मृत्यु भएको पारिवारले जनाएका छन् । दुई साताअघि सडक दुर्घटनामा उनको मृत्यु भएको मृतकका बुबा किसन ओडले बताए । ओड रोजगारीका लागि एक...
चितवन–आर्थिक विपन्नता तथा भौगोलिक विकटताका कारण पठन पाठनबाट बञ्चित चेपाङ बालबालिकालाई आवासीय सुबिधा दिएर पठन पाठनको ब्यवस्था मिलाउदै आएको चितवनको गामबेशी चेपाङ संरक्षण केन्द्रलाई गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सात जना शारीरिक अपाङ्ग सहित...