साउदी–साउदी अरब प्रहरीले गाडि चलाउने ६० महिलालाई कारवाही गरेको छ । साउदी अरबमा सन् १९९० देखि महिलाहरुलाई गाडि चलाउन प्रतिवन्ध छ । कानुन उल्लंघन गरी गाडि चलाएको भन्दै उनीहरुलाई जनही ८० डलर जरिवाना गरिएको छ भने गाडिको साँचो घरको पुरुष सदस्यलाई सुम्पन निर्देशन दिइएको...
काठमाण्डु–युवा वर्गमा रहेको क्षमतालाई एकीकृत गरी राष्ट्र विकासमा लगाउने उद्देश्यले आइतवारदेखि काठमाण्डुमा प्रथम विश्व युवा सम्मेलन सुरु भएको छ । मातृभूमिका लागि युवा अभियान नेपालले आयोजना गरेको सम्मेलनमा नेपालसहित विभिन्न ११ देशका युवा प्रतिनिधिको सहभागिता रहेको छ । सोमबारसम्म चल्ने उक्त सम्मेलनले देश तथा...
ढाका–बङ्गलादेशमा प्रतिपक्षी दलले आइतबार प्रधानमन्त्री सेख हसिनाले राजिनामा दिनुपर्ने र नयाँ निर्वाचन गराउन कामचलाउ सरकार गठन गर्नुपर्ने माग गर्दै हडताल आरम्भ गरेका छन् भने यस विषयमा मुलुकको विभिन्न भागमा द्वन्द्व हुँदा तथा रेलमाथि आक्रमण हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्युभएको छ । प्रहरीले प्रमुख प्रतिपक्षी...
भारत– भारतको पूर्वी भागमा अवस्थित नगर पटनामा आइतबार प्रतिपक्षी दलका नेता नरेन्द्र मोदीले निर्वाचन अभियान सभाको आयोजना गर्नु केही समयपूर्व शृङ्खलाबद्ध रूपमा कम क्षमताका बम विस्फोट हुँदा पाँच व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । पटनामा सभाको आयोजना गरिने स्थलमा सात साना बम...
अफगानिस्तान, १० कात्तिक–अफगानिस्तानको पश्चिमी भागमा पर्ने निम्रोज प्रान्तमा नेटोसँग आवद्धसैनिकले गरेको हवाई आक्रमणमा तालिवान प्रमुख कमाण्डरको मृत्यु भएको छ । निम्रोज प्रान्तको खसरोड जिल्लामा शनिबार साँझ भएको सो आक्रमणमा तालिवान कमाण्डर मुल्लाह इब्राहिमको मृत्यु भएको सो प्रान्तका प्रान्तीय गभर्नर सार्वार सुवातले सिन्हवा समाचार समितिलाई...
म्याग्दी, १० कात्तिक–शरीरमा रगत उत्पादन नहुने (हाइपोपलास्टिक एनिमिया) रोगबाट थलिएकी म्याग्दीकी एक युवतीको लाखौँ रुपैयाँ चन्दा सङ्कलन गरेर उपचार गरिएको छ । चन्दा सङ्कलन अभियानबाट जुटेको रकम खर्च गरेर शुक्रबार भारतको कोलकतास्थित टाटा मेडिकल सेन्टरमा सिंगा गाविस–१ की ओमकुमारी (शान्ति) पुनको बोनम्यारो प्रत्यारोपण गरिएको...
इस्लामावाद–पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले पाकिस्तानमा रहेका तालिवानहरुसँगको वार्ताका लागि पाकिस्तानका सबै दललाई विश्वासमा लिने बताएका छन । पाकिस्तानका प्रमुख विपक्षी नेता खुर्सिद साहले तालिवानसँगको वार्ताका विषयमा आफुले सञ्चारमाध्यमबाट मात्र सुनेको तर सरकारले यस विषयमा केही बताउन नचाहेको भनी दिएको सार्वजनिक वक्तव्यपछि त्यस्तो भनाई आएको...
वासिङटन–अमेरिकी गुप्तचर संस्था सीआईएका पूर्व उपप्रमुख माइकल मोरलले पूर्व गुप्तचर ठेक्केदार एडवर्ड स्नोडनले चुहाएका सूचनाबाट अमेरिकाको इतिहासमा सबैभन्दा गम्भीर प्रकृतिका गोप्य सूचना सार्वजनिक भएको र यसले अमेरिकाको कठिनाइ अझै बढाउने धारणा व्यक्त गरेका छन् । मोरलले सीबीएसको ‘‘सिक्स्टी मिनेट’’ कार्यक्रममा स्नोडनले चुहाएको सूचनाका कारण...
सियोल–नेपाल सेमाउलका अध्यक्ष नवराज पन्त दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हाइद्धारा पुरस्कृत भएका छन । दक्षिण कोरियाली सेमाउल उन्दोङका सभापति सीम यून छोङले पन्तलाई अन्तराष्ट्रिय सेमाउल उन्दोङ मञ्चमा पुरस्कार प्रदान गरेका हुन । पन्तले दक्षिण कोरियामा सफल सेमाउल उन्दोङलाई नेपालमा नयाँ गाउँ अभियानका रुपमा...
कोलम्बो, कात्तिक–बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन अर्काे महिना श्रीलङ्का आउने निश्चित भएको छ । आगामी महिना श्रीलङ्कामा हुनलागेको राष्ट्रमण्डल सम्मेलनमा सहभागिताका लागि उनी त्यहाँ आउन लागेका हुन । सो भ्रमणका क्रममा श्रीलङ्कालाई मानवअधिकारका लागि प्रतिबद्ध गराउने काममा उनले दबाब दिने अनुमान छ । श्रीलङ्कामा युद्ध...
नयाँ दिल्ली, कात्तिक–भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहले आफुलाई कुनै पनि अनियमित कामका लागि प्रश्न गर्न पाउने अधिकार भरतीय प्रहरीसँग सुरक्षित रहेको बताएका छन । उनले भने–म पनि कानुन भन्दा माथि छैन, भारतको कुनैपनि अनुसन्धान निकायले मलाई जे सुकै विषयमा पनि प्रश्न गर्न सक्छ । भारतमा...
काठमाण्डु–भ्रष्टाचार र पदको दुरुपयोग अभियोगमा जन्मकैदको सजाय सुनाइएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता बो शिलाईको अपील चीनको एक अदालतले खारेज गरेको छ । शानदोंग हायर पीपुल्स कोर्टले बोले दिएको निवेदन खारेज गर्दै जन्मकैदको सजाय सदर गरेको हो । गत सेप्टेम्बर महिनामा जिनानको इन्टरमीडिएट कोर्टले ६४...