दक्षिण कोरियाली राष्ट्रपतिद्धारा पन्त पुरस्कृत

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते ६:५१ मा प्रकाशित

सियोल–नेपाल सेमाउलका अध्यक्ष नवराज पन्त दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हाइद्धारा पुरस्कृत भएका छन ।Nabraj

दक्षिण कोरियाली सेमाउल उन्दोङका सभापति सीम यून छोङले पन्तलाई अन्तराष्ट्रिय सेमाउल उन्दोङ मञ्चमा पुरस्कार प्रदान गरेका हुन । पन्तले दक्षिण कोरियामा सफल सेमाउल उन्दोङलाई नेपालमा नयाँ गाउँ अभियानका रुपमा सञ्चालन गरेका छन । चितवनको पिप्लेलाई नमूना गाउँको रुपमा बिकास गरिएको छ । पन्त भन्छन ‘गाउँलेहरुलाई पौरखी बनाउदै धनी बनाउनु नै नयाँ गाउँ अभियानको लक्ष्य हो ।’ सेमाउल उन्दोङ दक्षिण कोरियाका पुर्व राष्ट्रपति पार्क चुङ हीले दक्षिण कोरियालाई धनी बनाउन शुरु गरेको अभियान हो ।Park

पार्क ग्युन हाइ दक्षिण कोरियामा ३४ बर्ष पछि ब्ल्यू हाउसमा प्रथम महिला राष्ट्रपतिको रुपमा फर्केकी छिन । सन १९७४ मा आमाको हत्यादेखि सन १९७९ मा पिता पार्क चुङ हीको हत्या अघि प्रथम महिलाको रुपमा पार्क ग्युन हाइ ब्ल्यू हाउसमै थिइन । किसान परिवारमा हुर्किएका पार्क चुङ ही शिक्षक,सैनिक प्रमुख हुदै दक्षिण कोरियाको राष्ट्रपति समेत भएका थिए । पार्क चुङ ही हुर्किएको घरलाई अहिले संग्रालय बनाइएको छ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us