हवाई आक्रमण तालिवान कमाण्डरको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ९:१० मा प्रकाशित

अफगानिस्तान, १० कात्तिक–अफगानिस्तानको पश्चिमी भागमा पर्ने निम्रोज प्रान्तमा नेटोसँग आवद्धसैनिकले गरेको हवाई आक्रमणमा तालिवान प्रमुख कमाण्डरको मृत्यु भएको छ ।
निम्रोज प्रान्तको खसरोड जिल्लामा शनिबार साँझ भएको सो आक्रमणमा तालिवान कमाण्डर मुल्लाह इब्राहिमको मृत्यु भएको सो प्रान्तका प्रान्तीय गभर्नर सार्वार सुवातले सिन्हवा समाचार समितिलाई बताएका छन ।
इब्राहिम हालै मात्र दक्षिण कान्दाहार प्रान्तबाट खसरोड प्रान्तमा आएका बताइएको छ । हाल उनले सो इलाकामा तालिवानी आतङ्ककारी समूहलाई नेतृत्व गर्दै आएका थिए ।
यसैबीच प्राप्त एक अर्का समाचारअनुसार स्थानीय समयअनुसार आइतबार बिहान सबेरै काबुलमा पर्ने सुरोवी जिल्लामा भएको एक आत्मघाती आक्रमणमा तीन अफगान सैनिक घाइते भएका छन्  ।
त्यसैगरी अफगानिस्तानको राजधानी काबुलबाट ३४० किलोमिटर दक्षिणमा पर्ने काबुल प्रान्तमा भएको एक आत्मघाती आक्रमणमा एक प्रहरीको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us