पटना-भारतको बिहार पुलिसले पटनामा भएको श्रृङ्खलाबद्ध विष्फोटको मुख्य अभियुक्त सहित तीनजनालाई पक्राउ गरेको दावी गरेको छ । अभियुक्तहरुले घटनामा आफ्नो संलग्नता स्वीकारी सकेका छन् ।
पटनाका वरिष्ठ पुलिस अधीक्षक मनु महाराजका अनुसार विष्फोटका योजनाकार को थिए भन्नेबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।
पटनाका बिभिन्न स्थानमा आइतबार भएका श्रृङ्खलाबद्ध बम विष्फोटमा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने ७० जना घाइते भएका छन् । भारतीय जनता पार्टीका प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीले चुनाव प्रचारकोलागि निकाल्न लागेको र्यालीलाई प्रभावित पार्ने उद्देश्यले बम विष्फोट गराइएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।
यसैगरी झारखण्ड पुलिसले पनि राँचीबाट दुईजनालाई पक्राउ गरेको स्थानीय पत्रकार नीरज सिन्हाले जानकारी दिएका छन् ।