चीनबाट फर्केपछि भारतीले प्रधानमन्त्रीले भने ‘कुनैपनि अनुसन्धान निकायले मलाई जे सुकै विषयमा पनि प्रश्न गर्न सक्छ’

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ९:१२ मा प्रकाशित

नयाँ दिल्ली, कात्तिक–भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहले आफुलाई कुनै पनि अनियमित कामका लागि प्रश्न गर्न पाउने अधिकार भरतीय प्रहरीसँग सुरक्षित  रहेको बताएका छन । उनले भने–म पनि कानुन भन्दा माथि छैन, भारतको कुनैपनि अनुसन्धान निकायले मलाई जे सुकै विषयमा पनि प्रश्न गर्न सक्छ । Dr.Manmohan-Singh
भारतमा केही समययता सुरु भएको कोइला खानीका लागि दिएको अनुमति पत्रमा भ्रष्टाचार भएको भन्ने समाचारका सम्बन्धमा प्रधानमन्त्री डा. सिंहको यो प्रतिक्रिया आएको हो ।
केही दिनयताका भारतीय अखबारहरुमा भारतीय प्रहरीले यस विषयमा प्रधानमन्त्री डा. सिंहलाई सो प्रकरणको प्रमाण माग्नसक्ने अनुमानका समाचारहरु आइरहेका बेला प्रधानमन्त्री डा. सिंहको यो प्रतिक्रिया आएको हो । छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री डा सिंहले सम्वाददाताहरुको प्रश्नमा राजधानी नयाँ दिल्लीमा बिहीबार राति त्यस्तो धारणा व्यक्त गरेका हुन ।
गत हप्तामात्र भारतीय प्रहरीले त्यहाँका एकजना उद्योगपति कुमार मङ्गलम बिरला र उक्त खानीको अनुमति दिइएको समयका पूर्व सचिव पिसी पराखलाई यस विषयमा प्रश्न गरेको थियो ।
बिरलाको बिरला हिन्डाल्को कम्पनीले सन् २००५ मा सो उक्त आयोजना अघि बढाएको थियो । सरकारी अनियमिततामा उसको पनि अनुसन्धान भइरहेको छ । त्यस विषयलाई अनुसन्धानको दायरामा पारिएको छ । सो प्रकरणलाई भारतीय अनुसन्धान अधिकारीहरुले पनि प्राथमिकताका साथ अघि बढाएको बताएका छन् । यसै विषयलाई लिएर भारतको वर्तमान सरकार इतिहासकै बढी भ्रष्टाचारी भएको भनी विपक्षीहरुले आरोप पनि लगाएका छन् ।
उनीहरुले यस विषयलाई निर्वाचनको एजेण्डा पनि बनाएका छन् । प्रधानमन्त्रीलाई नै अनुसन्धानको दायरामा ल्याइनुपर्ने भनी विभिन्न विपक्षी दलहरुले भनेपछि प्रधानमन्त्रीले पनि आफुलाई प्रहरीले प्रश्न गर्नसक्ने बताएका हुन ।  ‘भारतीय अनुसन्धान एजेन्सी सिबीआई होस वा यस विषयसँग सम्बन्धित कुनैपनि निकाय किन नहोस मलाई सबैले प्रश्न गर्न सक्नेछन् म कानुन भन्दा माथि छैन’उनले भने‘त्यस विषयमा मैले लुकाउनुपर्ने कुनै पनि कुरा छैन,सबै पारदर्शी नै छ र सबैकाम कानुन बमोजिम नै भएको छ ।’
कोइला खानीका विषयमा लिइएको सो प्रकरणको बयानमा सचिव पारखले सो समयका कोइला मन्त्री सिवु सोरेनको पनि हात रहेको भनी दिएको भनाईलाई भारतका सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका थिए ।
मृदुभाषी प्रधानमन्त्री डा. सिंह सन् १९९० को दशकका अर्थमन्त्री थिए । उनी भारतका एक प्रसिद्ध अर्थशास्त्री पनि हुन । तरपनि उनको यो पछिल्लो प्रधानमन्त्रीत्वको कार्यकाल विवादरहित बन्न सकिरहेको छैन । यस्तै विभिन्न भ्रष्टाचारका प्रकरणमा विपक्षीहरुले उनलाई पनि मुछ्ने गरेका छन् ।
उनको गठबन्धन सरकार पछिल्लो निर्वाचन सन् २००९ पछिदेखि नै विवादमा पर्न थालेको हो । यस बीचमा ठूला ठूला भ्रष्टाचारका काण्डमा केही मन्त्री तथा अधिकारीहरु जेल पनि गएका छन् । यस अवधिमा भएका विभिन्न अनियमितताका कारण विवादमा परेको भारतीय काँग्रेसका विरुद्धमा यिनै विषय वस्तुलाई विपक्षीहरुले पनि अर्काे वर्ष भारतमा हुन गइरहेको आम निर्वाचनको मुद्दा बनाउने भएका छन् । रासस/एएफ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us