सबै दललाई विश्वासमा लिन्छु: प्रधानमन्त्री शरिफ

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १५:३१ मा प्रकाशित

इस्लामावाद–पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले पाकिस्तानमा रहेका तालिवानहरुसँगको वार्ताका लागि पाकिस्तानका सबै दललाई विश्वासमा लिने बताएका छन । sarif
पाकिस्तानका प्रमुख विपक्षी नेता खुर्सिद साहले तालिवानसँगको वार्ताका विषयमा आफुले सञ्चारमाध्यमबाट मात्र सुनेको तर सरकारले यस विषयमा केही बताउन नचाहेको भनी दिएको सार्वजनिक वक्तव्यपछि त्यस्तो भनाई आएको हो ।
विपक्षी नेता खुर्सिदले सो वार्ताका बारेमा प्रधानमन्त्रीले केही बताउन नचाहेको भन्दै यस विषयमा पाकिस्तानका जनता र विपक्षी दलहरुमा पनि जानकारी हुनुपर्नेमा त्यसो हुन नसकेको प्रतिक्रिया शनिबार दिएका हुन ।
सो प्रतिक्रियाको केही घन्टापछि नै पाकिस्तानी प्रधानमन्त्री शरिफले सो भनाई राखेको इस्लामावादबाट प्राप्त समाचारमा जनाइएको छ । पाकिस्ताका विपक्षी तथा सत्ताधारी गरी सबै प्रमुख राजनीतिक दलले गतहप्ता गरेको एक सम्मेलनमार्फत सरकारलाई तालवानसँग शान्ति वार्ता गर्न आग्रह गरेका थिए ।
साथै विपक्षी नेता खुर्सिदले हालै प्रधानमन्त्री शरिफलाई एक पत्र लेखेर विपक्षी दलहरुले शान्ति वार्ताका लागि आग्रह गरेको डेढ महिना भइसक्दा पनि सरकारले यस विषयमा कुनै सुरुवात नगरेको प्रति असन्तुष्टी व्यक्त गरी पत्र पठाएका थिए ।
प्रधानमन्त्री शरिफले सो वार्ताका विषयमा भएका प्रगतिहरुका बारेमा छिट्टै आफुले सार्वजनिक गर्ने जानकारी पनि दिएका हुन । पाकिस्तान सरकारले  तालिवानसँग वार्ताको तयारी गरिरहेको बताएको छ । सो वार्ताका क्रममा उनले अहिलेसम्मको प्रगतिका बारेमा विपक्षी दलहरुलाई थाहा दिने बताएका हुन ।
विपक्षी दलहरुले सरकारले नै तालिवानसँगको वार्ताको काम ढिलागर्दा विभिन्न क्षेत्रमा उनीहरुले आक्रमणको कामलाई अघि बढाएका र हालैका दिनमा पाकिस्तानको पश्चिमी क्षेत्रमा गरेका यस्तै आक्रमणमा परी कम्तीमा पनि २०० जनाको ज्यान गएको बताएका छन् ।
यसैबीच पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारी अनुसार उनले छिट्टै नै हालैको विदेश भ्रमणका साथै सो वार्ताका बारेमा पनि जानकारी गराएका छन । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us