एनआरएनएको सचिवमा पुष्पराज तिमिल्सिनाको उम्मेदवारी

काठमाण्डु टुडे २०७० कार्तिक २ गते ८:५९ मा प्रकाशित

काठमाण्डु २ कात्तिक–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए—आइसीसी) को आगामी महाधिवेशनका लागि पुष्पराज तिमिल्सिनाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।Puspa Timilsina
स्पेनका तर्फबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य समेत रहेका तिमिल्सिनाले ११ बुँदे प्रतिबद्धतासहित सचिवमा उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनएको छैंटौ विश्व सम्मेलन शनिबारदेखि काठमाण्डुमा हुँदैछ ।
स्पेनमा व्यापार व्यवसायमा संलग्न हुँदै आएका तिमिल्सिना लामो समयदेखि गैरआवासीय नेपाली संघमा सक्रिय छन । एनआरएन स्पेनलाई विवादमुक्त बनाउँदै एकढिक्का र शसक्त बनाउन प्रभावकारी भूमिका खेलेका तिमिल्सिनाले एनआरएन अभियानलाई अझ शसक्त, सबल, सुदृढ र संस्थागत विकासका लागि सचिव पदमा उम्मेदवारी दिन लागेको बताए ।
एनआरएनका क्रियाकलापहरुको निरन्तरताका लागि नेतृत्वदायी र सक्रिय भूमिका निर्वाह गर्न, नेपाली नागरिकताको निरन्तरता, एनआरएनको नेपालमा विधिवत दर्ता, एनआरएनलाई गैरराजनीतिक रुपमा संचालन गर्न, वैदेशिक रोजगारीमा भोग्नुपरेका समस्याहरुको न्यूनीकरण लगायत तिमिल्सिनाको एजेण्डा रहेका छन् ।
स्पेनिससँगको संयुक्त लगानीमा कास्कीमा हाउजिङ र हाइड्रोपावर कम्पनी संचालनको तयारीमा रहेका तिमिल्सिनाले नेपालमा गैरआवासीय नेपाली तथा वैदेशिक लगानी भित्राउन पहल गर्ने बताए । तिमिल्सिना नेपाली लोकतान्त्रिक मञ्च स्पेनका संस्थापक अध्यक्ष समेत हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us