नैनीतालमा बस दुर्घटना,१६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते ५:५५ मा प्रकाशित

काठमाण्डु–भारतको नैनीतालमा एक बस दुर्घटना हुँदा बसमा सवार १६ जनाको मृत्यु भएको छ । जन्ती सवार बस कालाडुंगी शहर नजिक आइतबार राती दुर्घटना भएको हो । बसमा झण्डै ५० जना सवार थिए ।

घुम्तीमा चालकले नियन्त्रण गुमाएपछि सडक डिभाइडरलाई तोड्दै बस तालको किनारमा खसेको थियो । १३ जनाको घटनास्थलमै र अन्य तीन जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

बेहुला बेहुली भने छुट्टै कारमा सवार रहेकाले उनीहरु सुरक्षित रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us