
नयाँदिल्ली– भारत प्रशासित जम्मु–काश्मीरमा भुकम्प आएको छ । ५ दशमलव ५ रेक्टर स्केलको भुकम्प आएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
भारत–चीन सीमामा आइतबार राती १ बजेर १५ मिनेटमा आएको भुकम्पको झट्का नयाँदिल्लमा पनि महसुस गरिएको थियो । भुकम्पले धनजनको क्षति पुर्याएको खबर पनि आइसकेको छैन ।
जम्मु–काश्मीरमा पछिल्लो तीन महिनामा एक दर्जनभन्दा धेरैपटक भुकम्प आइसकेको छ ।