मन्दिरमा भागदौड मच्चिदा मृत्यु हुनेको सङ्ख्या ११५ पुग्यो

काठमाण्डु टुडे २०७० असोज २८ गते ९:३७ मा प्रकाशित

रतनगढ (भारत), २८ असोज । हिन्दू मन्दिर नजिकै कम्तीमा ११५ व्यक्तिको मृत्युभएपछि भारतीय जनताबीच आक्रोश बढ्न थालेको छ । यसै स्थानमा सात वर्ष अगाडि भागदौड यस्तै दुर्घटना भएको थियो ।
यस घटनामा एक प्रत्यक्षदर्शीले एक आमाले आफ्नो बालबालिकालाई खोलामा फालेको समेत देखेको बताए । प्रहरीले लाठीप्रहार गरेकाले परिस्थिति अझै बिग्रिएको भनी प्रशासनमाथि आरोप लाग्न थालेको छ ।   करिब १० व्यक्तिको अवस्था अझै गम्भीर रहेको र चिकित्सकहरूले उनीहरूको ज्यान जोगाउन प्रयास गरिरहेका छन । रतनगढ मध्यप्रदेशको मध्यभागमा अवस्थित नगर हो ।
प्रहरी उपमहानिरीक्षक डी.के. आर्यले ११५ व्यक्तिको मृत्यु भएको तथा ११० घाइते भएको जानकारी दिए । प्रहरीले पुल ढल्न लागेको हल्लाका कारण भागदौड भएको जानकारी दिएको छ ।
दुर्घटनाको समयमा उक्त मन्दिरको वरपर करिब चार लाख भक्तजन जम्मा भएको र दुर्घटनाको समयमा करिब २० हजार मानिस सिन्ध नदिको पुलमा रहेको बताइएको छ । प्रधानमन्त्री मनमोहन सिंहले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us