भारतीय प्रधानमन्त्रीको रसिया र चीनको भ्रमण

काठमाण्डु टुडे २०७० असोज ३१ गते ७:०० मा प्रकाशित

Dr.Manmohan-Singhनयाँदिल्ली, ३१ असोज–भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आगामी हप्ता रसिया र चीनको भ्रमण गर्दै छन ।
प्रधानमन्त्री सिंहले आगामी अक्टोबर २० देखि २२ सम्म रसियाली प्रधानमन्त्री भ्लादिमिर पुटिनको निमन्त्रणमा त्यसतर्फ जान लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
सो भ्रमणको क्रममा १४ औँ भारत र रसिया वार्षिक सम्मेलनमा प्रधानमन्त्री सहभागी हुनेछन । यी दुई नेताबीच विभिन्न द्वीपक्षीय हितका विषयमा वार्ता हुने जनाइएको छ ।
रसियाको भ्रमणपछि प्रधानमन्त्री सिंह चीनको तीनदिने भ्रमणमा जानेछन । चिनियाँ प्रधानमन्त्री लि खछियाङको निमन्त्रणमा प्रधानमन्त्री सिंह त्यसतर्फ जान लागेका छन । ती दुई नेताबीच द्वीपक्षीय मुद्दाका विषयमा छलफल हुने बताइएको छ ।
त्यसैगरी भ्रमणको क्रममा प्रधानमन्त्री सिंहले चिनियाँ राष्ट्रपति सि जिनपिङ र राष्ट्रिय पिपुल्स कँग्रेस स्थायी समितिका अध्यक्ष जेङ्ग डेजिआङ्गसँग भेटघाट गर्ने कार्यक्रम छ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us