घूस लिएको आरोपमा न्यायाधीश पक्राउ

काठमाण्डु टुडे २०७० असोज १९ गते १०:५५ मा प्रकाशित

जकार्ता– इन्डोनेसियाको संवैधानिक अदालतका प्रमुख न्यायाधीश अकिल मोच्तार तीन लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
उनको कार्यकक्षमा गैरकानुनी पदार्थ फेला परेपछि उनीमाथि लागुपदार्थसम्बन्धी आरोप लगाउने सम्भावना बढेको एक अधिकारीले बताएका छन् । गत अगस्तमा मुलुकको ऊर्जासम्बन्धी संस्थाका प्रमुखलाई पक्राउ गरिएको थियो । हाल राष्ट्रपति सुसिलो बामबाङ योद्धोयोनोको सत्ताधारी डेमोक्र्याटिक पार्टीसँग सम्बन्धित भ्रष्टाचारका मुद्दामा छानबिन भइरहेको बताइएको छ ।

अकिलको कार्यालयमा अनुसन्धान गर्दा गैरकानुनी लागु पदार्थ आशङ्का गरिएको फेला परेको भ्रष्टाचार निवारण आयोगका प्रवक्ता जोनान बुडीले पत्रकार सम्मेलनमा बताए । आयोग स्रोतले अनुसन्धानकर्ताहरुले उक्त कार्यालयमा गाँजा फेला पारेको उल्लेख गरे । स्थानीय एक पत्रकाले अकिललाई यस घूसको आरोपमा उनले आफ्नै औँला काट्छन् त भनी सोधेको प्रश्नमा न्यायाधीशले पत्रकारलाई थप्पड हानेको जकार्ता ग्लोब नामक पत्रिकाले उल्लेख गरेको छ । न्यायाधीश मोच्तारले यसअघि घ्रष्टाचारको आरोप लागेका व्यक्तिको औँला काटिनुपर्ने धारणा व्यक्त गर्ने गर्थे ।

मोच्तारले यसअघि बोर्नियो तथा जाभा द्वीपमा भएको निर्वाचनमा धाँधली भएको आरोपमा घूस लिएको आरोप लगाउने गरिन्थ्यो । आयोगलाई इन्डोनेसियामा धनी तथा शक्तिशाली व्यक्तिले गरेको भ्रष्टाचारको विषयमा अनुसन्धान गर्न अधिकार प्रदान गरिएको छ ।

इन्डोनेसिया ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा ११८ स्थानमा रहेको छ । यस सूचकाङ्कमा एक स्थानमा पर्ने मुलुकमा भ्रष्टाचार सबैभन्दा कम हुने अनुमान गरिन्छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us