दक्षिण कोरियाली राष्ट्रपति इन्डोनेसियामा

काठमाण्डु टुडे २०७० असोज २० गते १४:१५ मा प्रकाशित

park-geun-hyeबाली (इन्डोनेसिया)–दक्षिणी कोरियाली राष्ट्रपति पार्र्क गेयुन हाई आइतबार अपरान्ह्मा २१ औँ एसिया पासिफिक इकोनोमिक कोर्पोरेशन (एपीईसी) को सम्मेलनमा भाग लिन इन्डोनेसिया पुगेकी छिन ।
पार्कले एपीईसीमा सोमबार सम्बोधन गर्ने कार्यक्रम छ । एपीइसी अक्टोबर ५ देखि सुरु भई ७ तारिखसम्म जारी रहने छ ।
पार्कले यस सम्मेलनमा सहभागी विभिन्न देशका नेताहरूसँग द्वीपक्षीय वार्ता गर्नेछिन । सम्मेलनमा १० भन्दा बढी देशमा नेताहरूको सहभागि हुनेछन ।
संयुक्त राज्य अमेरिकामा विपक्षीहरुको विरोधका कारण बजेट पास हुन नसकेपछि राष्ट्रपति बाराक ओबामाले पनि आफ्नो पूर्व निर्धारित इन्डोनेसिया भ्रमण रद्द गरेका थिए । ओबामाले दक्षिण पूर्वी एसियाली देशहरु मलेसिया, ब्रुनाई, इन्डोनेसिया आदिको एक सामुहिक संस्थाको अन्तर्राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गर्नुहुने कार्यक्रम रहेको थियो । रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us