
पटना–भारतको पूर्वी राज्य बिहार तथा झारखण्डमा बिजुली चम्कँदा नौ बालबालिकाकासहित ३२ जनाको मृत्यु भएको छ ।
बिहार राज्यका प्रकोप व्यवस्थापन मन्त्री रेणु कुमारी कुशवाहले शनिबार र आइतबार बिजुली चम्कँदा सात बालबालिकाका साथै २४ जनाको मृत्यु भएको जानकारी दिइन ।
छिमेकी राज्य झारखण्डमा दुई बालबालिकाका साथै आठ जनाको बिजुली चम्कदा मृत्यु भएको धनवाद जिल्लाका एक अधिकारी पुरान महतोले बताए ।
आइतबार राति घना वर्षाका हुनुका साथै हुरी चलेकाले रुखहरू ढलेको, घरलाई क्षति पु¥याएको तथा विद्युतका खम्बा ढलेको बताइएको छ । रासस/एएफपी