अब विश्वका नेवार एकजुट हुने !

काठमाण्डु टुडे २०७० असोज १४ गते ४:३७ मा प्रकाशित

Newa-Puchaलिस्वोन । पोर्चुगलमा बस्दै आएका नेवार समुदायले विश्वका नेवार समुदायलाई एकजुट हुन अपील गरेका छन् । नेवाःपुचः समाज पोर्चुगलले लिस्वोनमा गरेको समेबजी तथा भेटघाट कार्यक्रमका सहभागीले सबै नेवार समुदायलाई एकजुट हुन अपिल गरेका हुन् ।

प्रवासमा रहेर पनि नेवार समुदायको रितिरिवाज, भेषभुषा तथा परम्परालाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रम गरिएको समाजका अध्यक्ष श्रीकुमार प्रजापतिले जानकारी दिए ।
कार्यक्रममा डा.ज्योति तुलाधर, इन्जिनियर स्वयम्भु तुलाधर, भरत कुमार श्रेष्ठ, मुक्तिनारायण श्रेष्ठ, नेपाली वेभका सम्पादक कमल बिष्ट, पत्रकार खेमराज रानाभाटलगायत सहभागी थिए । सुनिता मानन्धरले सन्चालन गरेको कार्यक्रममा प्रमोद कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

झण्डै एकसय जना सहभागी कार्यक्रममा नेवार समुदायको साँस्कृतिक प्रस्तुति पनि थियो । अनिता महर्जन, गायत्री श्रेष्ठ, खेम श्रेष्ठ र ज्ञानदीप श्रेष्ठले  मनोरन्जनात्मक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नेवारी परीकार समे बजी (चिउरा, साँधेको भटमास, भुटन, अचार, बोडीको तरकारी, छोयला, अण्डा आदि) को समेत व्यवस्था थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us