दुई गैह्र आवासीय नेपाली संघ बेलायतबीच एकता

काठमाण्डु टुडे २०७० असोज १५ गते २:०३ मा प्रकाशित

nepal_newsnepal_newsnrnuk1बेलायत । आलोपालो नेतृत्व सम्हाल्ने गरी योगेन्द्र बहादुर क्षेत्री र महेन्द्र कँडेल नेतृत्वको गैह्र आवासीय नेपाली संघ बेलायतबीच एकता भएको छ । गत १७ अगष्ट २०१३ देखि गैह्र आवासीय नेपाली संघ बेलायत दुईवटा थिए । लामो समयको प्रयासपछि यहि २९ सेप्टेम्वरमा नेपाली दुतावासमा भएको एकता अधिवेसनले एकतामा परिणत गरेको हो । एकताकालागि डा. सुर्य सुवेदीले विशेष पहल गरेका थिए ।

एकता महाधिवेसनबाट बेलायतमा सकृय दुईवटा गैह्र आवासीय नेपाली संघ बेलायत दुबै तर्फको कार्यसमितिलाई समाहित गर्दै एकिकरण भएको छ । डा. सुवेदीले बिगतमा भएका वार्तालाई आधार बनाई एकताकोलागि एक्काईस बुदे सहमति पत्र तयार पारेका थिए । सहमति पत्रका मुख्य बुदाहरुमा गैह्र आवासीय नेपाली संघ बेलायतको एकता महाधिवेशन मार्फत् आधिकारिकता दिईएको छ । दुबै समितिमा रहेका कार्य समितिका सदस्यहरुलाई मान्यता दिदै एकता महाधिवेसनले गैह्र आवासीय नेपाली संघ बेलायतको विधानलाई संशोधन गरेको छ ।

अध्यक्ष, संयोजक र कोषाध्यक्षलाई एक–एक बर्षको कार्यकारिणी रहने र दुवै समितिका उपाध्यक्ष, सचिव र सदस्यहरुका भने दुबै बर्ष कार्यकारीणी रहने व्यवस्था गरिएको छ । पहिलो बर्ष २९ सेप्टेम्वर २०१४ सम्म योगेन्द्रबहादुर क्षत्री अध्यक्षका साथ उनकै समितिमा रहेका महासचिव र कोषाध्यक्ष कार्यकारी रहनेछन् भने महेन्द्र कँडेल अध्यक्षको भुमिकामा रहनेछन् । त्यस्तै महासचिव र कोषाध्यक्षमा पनि हुनेछ । दोस्रो कार्यकालमा २९ सेप्टेम्वर २०१४ देखि कँडेल अध्यक्ष हुनेछन् । कँडेलको समितिमा रहेका महासचिव र कोषाध्यक्ष कार्यकारीणी हुनेछन् । उपाध्यक्षमा पाँचैजना रहने ब्यवस्था रहने छ । आईसीसीमा भने १० जनामा गोला प्रथाबाट ५ जनालाई चुनिने छ । आईसीसीमा नपर्ने सदस्यहरुलाई केन्द्रीय सल्लाहाकारको लागि पहल गर्ने निर्णय गरिएको छ । पूर्व अध्यक्षहरुलाई संरक्षकको रुपमा राखिने छ । बिगतदेखि नै बेलायतमा उठ्दै आएको बेलायतबासी नेपालीहरुको माग बिशेषतः महेन्द्र कँडेल नेतृत्वको समितिले लिएको काउन्सिलको अवधारणामा जाने बिषयमा एकताको महाधिवेसनले लागु गर्ने निर्णय गरेको छ । काउन्सिलको अध्ययन गर्न अङगकल्च लामालाई संयोजक बनाई कार्य समितिमा पेस गर्ने निर्णय गरेको छ । डा.कृष्ण अधिकारीको संयोजकमा सदस्यता शुल्क घटाउने, उम्मेदवार दस्तुर घटाउने, प्रतिवेदन तयार गरी कार्यसमितिमा पेस गर्ने निर्णय गरेको छ । अब बेलायतको गैह्र आवसीय नेपाली संघ समावेशी हुदै अगाडी बढ्नेमा प्रतिबद्धता गरिएको छ ।

यस संघका सदस्यहरुले एकअर्काको बिरुद्धमा कुनै प्रकारको बिषयलाई कुनै पनि सामाजिक संजाल, ईमेल तथा अन्य सार्बजनिक ठाउँहरुमा गर्न नपाईने ब्यवस्था यो अधिवेशनले गरेको छ र यो विषयलाई अध्ययन अनुगमन गर्न डा. सुर्य सुवेदीको संयोजकमा समिति समेत निर्माण गरिएको छ । सुवेदीले तयार पारेको एक्काईस बुँदा उपस्थित दुवै तर्फका कार्यसमितिका सदस्यहरुले समर्थन गरेका थिए । छलफलको क्रममा आएका विषयलाई डा.सुवेदीले सबैलाई चित्त बुझ्ने जवाफ दिएका थिए । यस सहमतिमा दुबै अध्यक्ष महेन्द्र कँडेल र योगेन्द्र क्षेत्रिले देखाएको लचकतालाई एकताको महाधिवेशनले धन्यवाद समेत दिएको छ ।

सदैव समाजलाई मिलाएर लानु पर्नेमा चिन्तित रहने निवर्तमान अध्यक्ष कुल आचार्यले देखाएको कार्य कुशलताले बेलायतमा मात्र नभएर सम्पूर्ण विश्वमा रहेका प्रवासी नेपालीहरुले धन्यवाद दिनेछन् । साथै बिभिन्न संघ संगठनका प्रवुद्ध व्यक्तिहरुको भुमिका पनि बेलायतको समाजको ईतिहासले सधै सम्झिने छ । गैह्र आवासीय नेपाली संघ बेलायतले यो संस्थालाई जन्म मात्रै होईन हुर्काउन र समयअनुसार स्याहार सम्भार गर्दै कसरी अगाडी बढाउनु पर्दछ भन्नेमा बेलायतमा रहेका नेतृत्वहरु सक्षम छन् भन्ने सन्देश दिन सफल भएको छ । आगामी दिनमा यहाँ रहेका विविध समस्याहरुलाई मैत्रिपूर्ण वातावरणमा छलफलकै विधिद्वारा सामाधान गर्न सकिन्छ भन्ने नजिर यो एकता अधिवेशनले दिएको छ । यो एकतामा रात दिन नभनेर लाग्ने डा. सुर्य सुवेदीलाई बेलायतवासी तथा संसारभरी रहेका गैह्र आवासीय नेपालीहरुले सदैव शिक्षाको रुपमा ग्रहण गर्नेछन् । साथै कार्यवाहक राजदुत तेजबहादुर थापाले गरेको सहयोगलाई बेलायतवासी नेपालीहरुले सधै सम्झिने छन् । साथै बिभिन्न संघ संगठनका प्रमुख व्यक्तिहरु र समाजका प्रबुद्ध व्यक्तिहरु पनि धन्यवादको पात्र रहेका छन् ।

बेलायतमा भएको असाधारण एकतालाई प्रगतिशिल नेपाली समाज यूकेका संयोजक सुरेश गौतम र प्रगतिशिल नेपाली महिला समाजका संयोजक गंगा खरेलले बिज्ञप्ति जारी गर्दै डा. सुर्य सुवेदी तथा यो एकतालाई सहयोग गर्ने सम्पूर्ण संघ, संगठन, वुद्धिजिवी, पत्रकार तथा सम्पूर्ण बेलायतबासीहरु प्रति आभार ब्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us