स्याङजाका गुरुङको हङकङको सुरुङमा मुत्यु

काठमाण्डु टुडे २०७० असोज ७ गते १८:०१ मा प्रकाशित

हङकङ–चीनको बेइजिङ जोडने हाइस्पीड रेलको सुरुङमा भएको दुर्घटनामा परी स्याङजाका ३७ बर्षीय युवराज गुरुङको मृत्यु भएको छ । हङकङ–ग्वान्झाउ–बेइजिङ जोडने सो रेल मार्ग निर्माणमा खटिएका गुरुङको मंगलवार राती भएको दुर्घटनामा परी मृत्यु भएको हो । 
म्याग्दीका नवीन्द्र मल्लले चलाएको एक्स्काभेटर मेशिनले ठक्कर दिदा हङकङको युनलोङ ताइपो साइटमा सुरुङमा काम गरिरहेका गुरुङको मृत्यु भएको हो । सुरुङ ४० मिटर गहिरो थियो । गुरुङको शवलाई क्वाइचुङस्थित शव गृहमा राखिएको छ । केहि महिना अघि विवाह गरेका गुरुङले श्रीमतीलाई पनि हङकङ लगेका थिए ।

सो परियोजनामा आकर्षक तलवका कारण नेपालीहरु त्यहाँ काम गर्ने नेपाली बढदै गएका छन । प्रहरी र श्रम बिभागले गरिरहेको अनुसन्धानले गम्भीर लापर्वाही नदेखाएसम्म मल्ल पक्राउ पर्ने छैनन ।
हङकङबाट प्रकाशित हुने मिङ पाओ दैनिकले औद्योगिक दुर्घटनालाई परियोजना शुरु भएयताकै घातक र त्रासदीपूर्णको संज्ञा दिएको छ । आठ अर्व ६० करोड अमेरिकी डलरको लागतमा निर्माणाधिन सो परियोजना सन २०१५ सम्म पूरा हुने हङकङ सरकारको अपेक्षा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us