मलेसियामा दुई नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७० असोज ६ गते ३:३४ मा प्रकाशित

मलेसियाको कोन्टाङ सहरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना नेपालीको मृत्यु भएको छ । शनिबार राती भएको दुर्घटनामा भोजपुर गोगने ६ का डिकबहादुर निरौला र नवलपरासी सुनवलका डम्बरनाथ कुँवर योगीको मृत्यु भएको हो ।

काम सकेर बासस्थानमा फर्किरहेकोबेला घुम्तीमा मोटरसाइकल दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको मलेसियामा रहेका नेपाली पत्रकार रामचन्द्र नेपालले जानकारी दिए । दुवैजनाको शव स्थानीय अस्पतालमा राखिएको छ । घटनास्थल सदरमुकाम क्वालालम्पुरबाट झण्डै दुई सय किलोमिटर टाढा पर्दछ ।

नेपाली दुतावासले भने दुर्घटनाबारे थाहा नभएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us