समाचार

एमाले महाविधेशनमा ई–भोटिङ  नहुुने

२०७१ असार २२ गते १३:३०

काठमाण्डु, २२ असार – व्यवस्थापनको सम्पुर्ण काम डिजिटलाइज्ड गरेको एमालेको नवौं महाविधेशनमा मतदान भने मतपत्रद्वारा हुने भएको छ । ई–भोटिङ  प्रयोग गर्न सबै तयारी पुरा भइसकेपनि अन्तिम अवस्थामा आएर ई–भोटिङ रद्द गरिएको एमाले नेता रघुजी पन्तले जानकारी दिए । इन्जिनीयरहरुले इलेन्ट्रोनिक भोटिङ मेशिनको सकारात्मक र नकारात्मक विषयको...

वन अधिकृतविरुद्ध मुद्दा

२०७१ असार २२ गते १२:५७

काठमाण्डु, २२ असार – घुस लिएको अभियोगमा पक्राउ परेका काभ्रे जिल्ला वन कार्यालयका सहायक वन अधिकृत प्रल्हादप्रसाद धितालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग निजी जग्गाका रुख कटानको स्वीकृति दिने क्रममा अभियुक्त घिमिरेलाई आयोगको विशेष टोलीले रु २०...

कोदालो प्रहार गरी ज्यान मार्ने पक्राउ

२०७१ असार २२ गते १२:३०

सप्तरी, २२ असार – कोदालो प्रहार गरी भाई बुहारी र भतिजालाई मारेको अभियोगमा मलहनिया–२ बस्ने ४५ बर्षीय रामेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको छ । निजले आइतबार घरायसी विवादमा ३० बर्षीया भाई बुहारी रितादेवी यादव र १० बर्षीय भतिजा मनिष कुमार यादवलाई कोदालो प्रहार गरी...

टोली नेता चयनमा पनि नेपाल र ओली पक्षको प्रतिस्पर्धा

२०७१ असार २२ गते १२:२३

काठमाण्डु, २२ असार – समूहगत छलफलका लागि एमाले नवौं महाधिवेशनमा निर्वाचनबाट टोली नेता चयन गरिएको छ । टोली नेताका लागि अध्यक्ष प्रत्यासी नेता माधवकुमार नेपाल र केपी ओली समूहका प्रतिनिधिले चुवावी प्रतिस्पर्धा गरेका थिए । केन्द्रीय निकायबाट प्रचार विभाग सचिव सूर्य थापा टोली नेता...

टाटा सुमो पल्टिँदा एकको मृत्यु, १० घाइते

२०७१ असार २२ गते १०:४८

काठमाण्डु, २२ असार – सर्लाहीबाट काठमाण्डु आउदै गरेको टाटा सुमो दुर्घटना हुँदा एक मारिएका छन् भने १० गम्भिर घाइते भएका छन् । ना १ ज ४२५५ नंबरको सो सुमो मकवानपुरको कुलेखानी गाविसको कुलेखानी ड्याम नजिकै सडकबाट ५० फीट तल खसेको हो । घाइतेको उपचारको...

भोटिङ मेशिन बनाउने वैज्ञानिक र माधव नेपालबीच फोन वार्ता

२०७१ असार २२ गते १०:३५

काठमाण्डु, २२ असार– नेकपा एमालेको राजधानीमा जारी नवौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गर्ने विषयलाई लिएर विवाद चर्किएका बेला अध्यक्षका प्रत्यासी माधवकुमार नेपालले मेशिन आविष्कारक वैज्ञानिकसँग टेलिफोन वार्ता गरेका छन् । नेपालले आइतबार बिहान वैज्ञानिक लक्ष्मण रिमाललाई टेलिफोन गरी त्यसको...

भोटिङ मेशिनबारे फैलाइएको अफवाहबाट दु:खी छौं: राम/लक्ष्मण

२०७१ असार २२ गते १०:३३

काठमाण्डु, २२ असार– एमाले महाधिवेशनमा आफ्नो आविष्कार विद्युतीय भोटिङ मेशिन प्रयोगको विषयलाई लिएर विवाद भएकामा नेपाली वैज्ञानिक राम, लक्ष्मण दु:खी भएका छन् । आफूहरुले निकै कष्टका साथ बनाएको र केही स्थानमा सफल प्रयोगसमेत भइसकेको भोटिङ मेशिनबारे आशंका उत्पन्न हुने किसिमको प्रचार गरिएको भन्दै उनीहरु...

एमाले दस्तावेजमा बाबुरामले देखेका कमजोरीहरु

२०७१ असार २२ गते १०:३३

काठमाण्डु,२२ असार– एकीकृत नेकपा माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले एमाले नवौं महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ६ कमजोरीहरु औल्याउँदै यस्तो टिप्पणी गरेका हुन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा एमालेको अग्रणी भूमिका रहेको भन्नु सत्यता माथिको नजरअन्दाज भएको...

एमाले महाधिवेशनमा निःशुल्क स्वास्थ्य सेवा

२०७१ असार २२ गते १०:३२

काठमाण्डु , २२ असार – नेकपा एमालेको चालु नवौँ राष्ट्रिय महाधिवेशनमा राखिएको ‘निःशुल्क स्वास्थ्य शिविर’ मा शीर्ष नेता, महाधिवेशन प्रतिनिधि, सुरक्षाकर्मी र स्वयम्सेवकले स्वास्थ्य सेवा लिइरहेका छन् । एमाले महाधिवेशनस्थल भृकुटीमण्डपमा पार्टीको स्वास्थ्य उपसमितिद्वारा स्थापित सो शिविरमा कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री...

अक्सिजन सिलिन्डर पड्किएर दुईको मृत्यु

२०७१ असार २२ गते १०:२८

सोलुखुम्बु, २२ असार – सोलुुखुम्बुको सोताङमा अक्सिजनको सिलिन्डर पड्किएर दुईको मृत्यु भएको छ भने अरु दुई गम्भीर घाइते भएका छन् । सोताङ–६ धोद्रेस्थित भुवनसिंह राईको घरमा रहेको अक्सिजन ग्यासको सिलिन्डर आज बिहान करिब ७ बजेतिर पड्किँदा भुवनसिंह राईका छोरा वर्ष आठका शक्ति राई र...

देशको मागअनुसार गुणस्तरीय शिक्षा दिइनु पर्छ : कावा प्रधानमन्त्री

२०७१ असार २२ गते ७:५९

काठमाण्डु, २२ असार – कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले देशको माग र आवश्यकताअनुसारको गुणस्तरीय शिक्षा दिइनुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालयको ५५औँ वार्षिक दिवस समारोहका अवसरमा विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रममा उनले विश्वव्यापी रुपमा बढिरहेको गुणस्तरीय शिक्षाको मागअनुरुप विश्वविद्यालय अघि बढ्नुपर्ने बताए । विसं २०६२÷६३...

सुरक्षाकर्मीको घेराबन्दीमा काँग्रेस क्षेत्रीय सभापतिको अधिवेशन

२०७१ असार २२ गते ७:२२

खोटाङ, २२ असार –  कडा सुरक्षाकर्मीको घेराबन्दीमा नेपाली काँग्रेस क्षेत्रीय सभापतिको अधिवेशन सुरु भएको छ । दुई पक्षबीच हुनसक्ने सम्भावित झडप नियन्त्रणका लागि कडा सुरक्षाकर्मीको घेराबन्दीमा खोटाङ क्षेत्र नं २ को क्षेत्रीय सभापति चयनका लागि अधिवेशन सुरु भएको हो । क्षेत्रीय सभापति पदका लागि तीर्थराज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us