काठमाण्डु, २२ असार – समूहगत छलफलका लागि एमाले नवौं महाधिवेशनमा निर्वाचनबाट टोली नेता चयन गरिएको छ । टोली नेताका लागि अध्यक्ष प्रत्यासी नेता माधवकुमार नेपाल र केपी ओली समूहका प्रतिनिधिले चुवावी प्रतिस्पर्धा गरेका थिए ।
केन्द्रीय निकायबाट प्रचार विभाग सचिव सूर्य थापा टोली नेता चयन भए । उनी निर्वाचनबाटै छानिएका हुन् ।
राप्तीबाट कुमार दशौदी, कोशीबाट जीवन घिमिरे, गण्डकीबाट मायानाथ अधिकारी, उपत्यकाबाट टंक कार्की, लुम्बिनीबाट खिमलाल भट्टराई, जनवर्गीयबाट महेश बस्नेत र सल्लाहकार परिषदबाट गोपाल शाक्य टोली नेता चयन भए । घिमिरे माधवकुमार नेपाल समूहका हुन् । कार्कीको समूह पहिचान भएको छैन । बाँकी सवै ओली निकट मानिन्छन् ।
नारायणीबाट नेपाल पक्षीय रामकुमार भट्टराई नेता चयन भए । बाग्मतीबाट पनि नेपाल पक्षीय लालकुमार केसी विजयी भए । मेची अञ्चलमा टोली नेतामा ओली पक्षीय देवेन्द्र दाहाल चुनिए ।
जन संगठनबाट ओली पक्षीय नेता खगेन्द्र राई टोली नेता चयन भए ।
अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, महासचिवको संगठनात्मक प्रतिवेदन, विधान संशोधन तथा अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल सुरु गर्न समूहनेता चयन चयन गरिएको हो ।
अध्यक्षमण्डलका अनुसार १९ वटा समूह बनाएर छलफल सुरु गरिएको छ । समूहगत धारणा राखेपछि अध्यक्ष खनाल, महासचिव ईश्वर पोखरेललगायतले जवाफ दिनेछन् ।
प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्व प्रक्रिया सुरु हुनेछ ।
टोली नेताका प्रत्यासी र प्राप्त मत
केन्द्रीय निकाय :
सुर्य थापा :३७ (ओली)
विरोध खतिवडा : २५ मत
नारायणी
रामकुमार भट्टराई : ७५ (नेपाल)
अनन्त पौडेल : ६३
बाग्मती
लालकुमार केसी : ६८ (नेपाल)
कैलाश ढुंगेल : ६३
जन संगठन
खगेन्द्र राई : ६८ (ओली)
विश्वनाथ प्याकुरेल : ६२
मेची
देवेन्द्र दाहाल : ६५ (ओली)
दिलकुमार मेयाङबो : ५२