काठमाण्डू, १ असार– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ को लागि ६६ अर्बको बजेट ल्याउने भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ६६ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी भइरहेको हो । आज ४ बजेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिसमा आगामी आवको बजेट प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृत गरेको छ ।
बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको बताइएको छ । मन्त्रिपरिषद् बैठक लगत्तै प्रदेशसभाबाट बजेट प्रस्तुत गरिँदैछ । बागमती सरकारले चालू आ.व ०८२–८३ का लागि ६७ अर्ब ४७ करोडको बजेट ल्याएको थियो ।